― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsरोडाढुंगा उद्योगमा एस्काभेटरले खन्दा खस्यो पहिरो, एक जनाको मृत्यु, एक जना घाइते

रोडाढुंगा उद्योगमा एस्काभेटरले खन्दा खस्यो पहिरो, एक जनाको मृत्यु, एक जना घाइते


Photo Credit : तस्बिर- शुभराज अधिकारी



८ पुस , काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

रोडाढुंगा उद्योगमा एस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका-९ बस्ने डोजर अपरेटर ३४ वर्षीय रामबहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

पहिरोमा परेर घाइते भएका पनौती नगरपालिका-१२ का ३५ वर्षीय ईश्वर गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान समेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More