― Advertisement ―

ProtoArc XK01 TP फोल्ड गर्न मिल्ने किबोर्ड र टचप्याड कम्बोमा बचत गर्नुहोस्

ट्याब्लेट वा फोनबाट काम गर्न सजिलो हुन सक्छ, तपाईंले लामो वा महत्त्वपूर्ण कुरा टाइप गर्न आवश्यक नभएसम्म। यो व्यापार समस्या समाधान गर्नु हो...
HomeLatest newsरोज बनिन् ग्रामीमा मनोनयन हुने पहिलो एकल के-पप संगीतकर्मी

रोज बनिन् ग्रामीमा मनोनयन हुने पहिलो एकल के-पप संगीतकर्मी


राष्ट्रिय

समाचार.

  • के-पप ब्याण्ड ब्ल्याक पिंककी सदस्य रोजले सन् २०२६ को ग्रामीमा मुख्य विधामा मनोनित हुने पहिलो के-पप आइडल बनिन्।
  • रोजले ब्रुनो मार्ससहित गीत एपीटीका लागि रेकर्ड अफ द इयर, सङ अफ द इयर र बेस्ट पप डूओ/ग्रुप पर्फमेन्स विधामा मनोनित भएकी छन्।
  • सन् २०२१ देखि के-पप ब्यान्ड बीटीएसले ग्रामी मनोनयन पाएको भए पनि अहिलेसम्म कुनै के-पप कलाकारले ग्रामी पुरस्कार जित्न सकेका छैनन्।

लस एन्जलस । के-पप ब्याण्ड ‘ब्ल्याक पिंक’ की सदस्य रोजले विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीको मनोनयनमा इतिहास रचेकी छन् ।

२८ वर्षीया यी गायिका ग्रामीको मुख्य विधामा मनोनित हुने पहिलो के-पप आइडल बनिन् ।

सन् २०२६ को ग्रामी मनोनयनमा बहुचर्चित गीत ‘एपीटी’का लागि ब्रुनो मार्ससहित रोज चर्चित विधा रेकर्ड अफ द इयर, सङ अफ द इयर र बेस्ट पप डूओ/ग्रुप पर्फमेन्ससहितका विधामा छनोट भएकी हुन् ।

“म अहिले उन्मुक्त महसुस गरिरहेकी छु’ यस वर्षको सुरुमा हलिउड रिपोर्टरको कभर अन्तर्वार्तामा ग्रामीमा इतिहास रच्ने सम्भावनाको बारेमा सोध्दा रोजले भनिन् ।

‘मलाई लाग्छ यो त्यस्तो क्षण हुनेछ जसले मलाई धेरै कुराहरू प्रमाणित गर्नेछ, जसलाई म शंका गर्दै हुर्किएकी थिएँ’ उनले भनेकी छन् ।

तर, के-पपबाट पहिलो ग्रामी मनोनयन भने ब्वाय ब्याण्ड ‘बीटीएस’ ले सन् २०२१ को ६३ औं ग्रामीमा प्राप्त गरेको थियो । ब्याण्डको गीत ‘डायनामाइट’ ले उत्कृष्ट पप डूओ/ग्रुप पर्फमेन्स विधामा मनोनित भएको थियो ।

सन् २०२२ मा ‘बटर’, सन् २०२३ मा कोल्ड प्लेसँगको ‘माई युनिभर्स’ र ‘येट टू कम’ गीत मनोनित थिए । तर, अहिलेसम्म कुनै पनि के-पप कलाकारले ग्रामी भने जितेका छैनन् ।

रोज मात्र होइन, ‘के पप डेमन हन्टर्स’ पनि ग्रामीमा मनोनित भएको छ । यो मनोनयन दक्षिण कोरियाली संगीतको महत्वपूर्ण कोशेढुंगा हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More