― Advertisement ―

Asus ROG Xbox सहयोगी रेकर्ड-कम मूल्यमा खस्छ, तर स्टीम डेकले स्टक अभावको सामना गर्दा के यो उठाउन लायक छ?

ह्यान्डहेल्ड गेमिङ पीसीहरू हालै सबै क्रोधित भएका छन्, तर धेरै यन्त्रहरूले पनि मुख्य कम्पोनेन्टहरूसँग चलिरहेको आपूर्ति समस्याहरूको कारणले समान स्टक अभाव र मूल्य वृद्धिको...
HomeLatest newsरूससँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध हुँदैन : पुटिन...

रूससँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध हुँदैन : पुटिन – KhabarHost



५ पुस, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूससँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध नहुने बताएका छन् ।

उनले आफ्नो पत्रकार सम्मेलनका क्रममा रूसका सँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध नहुने बताएका हुन् ।

पुटिनले रूसले युरोपेली मुलुकहरू माथि आक्रमणको योजना बनाएको भन्ने दाबीलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

झण्डै साढे चार घण्टासम्म चलेको एक टीभी कार्यक्रममा बीबीसीका रूस सम्पादक स्टीभ रोसेनबर्गले पुटिनसँग प्रश्न गरेका थिए- के आगामी दिनमा कुनै ‘स्पेशल मिलिट्री अपरेसन’ हुन्छ ?

जवाफमा पुटिनले भने, ‘यदि, तपाईं हामीसँग इज्जतका साथ पेश हुनुहुन्छ, हामीले सधैं तपाईंको हितको सम्मान गर्ने कोसिस गरेका छौं, तपाईं पनि हाम्रो हितको सम्मान गर्नुहुन्छ भने अन्य कुनै सैन्य कारबाही हुँदैन ।’

डिसेम्बरको सुरूवातमा पुटिनले यूरोपका साथ रूसले युद्धको योजना नबनाएको प्रष्टीकरण दिएका थिए । तर, युरोपेली देशहरूले चाहे रूस अहिले नै युद्धका लागि तयार रहेको उनको भनाइ थियो ।

रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण सुरू गरेको थियो । अहिले युक्रेनी क्षेत्रका केही भूभागमा रूको नियन्त्रण छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More