― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsरूपान्तरणको एजेन्डा अघि सारे, आफैं महासचिव हारे – KhabarHost

रूपान्तरणको एजेन्डा अघि सारे, आफैं महासचिव हारे – KhabarHost



३ पुस, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता पलट भएसँगै मुख्य दलहरूमा नेतृत्व परिवर्तनको दबाब बढेको छ । नेपाली सेनाले हेलिकोप्टरबाट जीवन रक्षा गरिदिनु परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यो दबाब नपर्ने कुरै भएन ।

तर, नेकपा एमालेमा तेस्रो कार्यकाल अध्यक्ष बन्न पार्टी विधान नै संशोधन गरेका ओली टसमस भएनन् । पदाधिकारी र केन्द्रीय समितिमा समेत बहुमत जुटाउँदै ओलीले परिवर्तन भन्नेहरूलाई सके महाधिवेशनबाट हटाउन चुनौती दिए ।

ओलीले यस्तो चुनौती दिनुको कारण एमाले भित्र उनको पकड हो । चितवन महाधिवेशनमा आफूले बनाएको सूचीमा पारेर नेता भएकाहरूले विद्रोहको हिम्मत जुटाउन सक्दैनन् भन्ने ओलीको बुझाइ देखिन्थ्यो ।

अझै २०/२५ वर्ष नेतृत्व नछोड्ने भाषण गर्दा समेत बहुमत नेताहरू शान्त देखिनुले पनि पार्टी भित्र ओलीको पकड बुझ्न सकिन्छ । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ६ पदाधिकारीले नेतृत्व परिवर्तनको एजेन्डा छोडेनन् ।

पार्टी भित्र परिवर्तनको पक्षमा उभिएका पदाधिकारीहरूमध्ये एक थिए– सुरेन्द्र पाण्डे ।

एघारौं महाधिवेशन नजिकिँदै गर्दा त पाण्डे ओलीका निम्ति अरू नेताभन्दा बढी बिझाउने पात्र बने । किनकि, पाण्डेले जस्ता प्रश्नहरू उठाए, जवाफ दिन सजिलो थिएन ।

जेनजी प्रदर्शनमा भएको राज्य दमनको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने अभिव्यक्ति पाण्डेले दिएका थिए । उत्तरमा ओलीले ‘विदेशीको एजेन्ट’ समेत भन्न बाँकी राखेनन् ।

पार्टी रुपान्तरणको एजेन्डा अघि सार्दै ओली इतर समूहबाट महासचिव लडेका उनै पाण्डे भृकुटीमण्डपमा सम्पन्न एघारौं महाधिवेशनमा पराजित भएका छन् ।

धेरै प्रतिनिधिहरूको पूर्वानुमान विपरीत पाण्डेलाई हराउँदै ओलीका रोजाइका नेता शंकर पोखरेल नै दोहोरिएर महासचिव बन्न सफल भए ।

उसो त, संस्थापन समूहबाट प्यानलभन्दा दायाँबायाँ नगर्न निर्देशन नै दिइएको थियो । अझ शंकरले महासचिव हारे ओलीले जित्नुको औचित्य छैन भन्ने प्रचारसमेत गरिएको थियो । तर महासचिव फेरिँदा पनि पार्टीमा परिवर्तन आउने इतर पक्षको भावनाविपरीत प्रतिनिधिले पाण्डेलाई अनुमोदन गरेनन् ।

हिजो प्रतिस्पर्धा, आज सहकार्य

अध्ययनशील, निष्ठावान र अनुभवी नेताका रूपमा तुलनात्मक राम्रो छवि बनाएका सुरेन्द्र पाण्डे ११ वर्ष पहिले नै एमाले महासचिव बन्न चाहेका थिए । तर त्यसबेला पनि ईश्वर पोखरेलसँग ६ मतको झिनो अन्तरले पराजित भएका थिए ।

२०७१ सालको त्यो महाधिवेशनमा माधव नेपालको प्यानलबाट पाण्डे महासचिवका उम्मेद्वार थिए भने पोखरेल ओली टिमका उम्मेदवारर थिए । एघारौं महाधिवेशनसम्म आइपुग्दा ईश्वर प्यानलकै उम्मेदवार बनेर पनि पाण्डे पराजित भए ।

पाण्डेले महाधिवेशनअघि अहिलेसम्म आर्जन गरेको अनुभव, हासिल गरेको योग्यता र लिएको संकल्पमार्फत पार्टीलाई नयाँ गति दिने बताएका थिए ।

२०३१ सालतिर सरस्वती क्याम्पस पढ्दै गर्दा परिवर्तनको जुन संकल्प लिएर राजनीतिमा होमिएका थिए, त्यसबाट अहिलेसम्म तलमाथि नभएकाले नयाँ भूमिकामा पनि सफल हुने उनको दाबी थियो । तर नतिजा त्यसो ठिक उल्टो भयो ।

व्यक्तिगत जीवनको आनन्द र परिवारको खुसी त्यागेर भूमिगत भएका पाण्डेले २०३६ सालदेखि झन्डै एक दशक राजधानी काठमाडौंमा नेतृत्व गरे । २०४३ सालमा जनपक्षीय उम्मेद्वार जिताउन अग्रणी भूमिका खेले । उपत्यका इन्चार्जका हैसियतमा त्यसबेला पाण्डेले जस्तो भूमिका खेले, आज पुराना पुस्ताका नेताहरूले खुलेर प्रशंसा गर्छन् ।

२०४६ सालको पञ्चायत फाल्ने निर्णायक दिनहरूमा भने कोशी अञ्चलको नेतृत्व गरिरहेका थिए, पाण्डे । संगठन निर्माण र जनता जागरणमा उनको भूमिका त्यसपछि कर्णालीतिर मोडियो । कर्णालीका विकट जिल्लाहरूमा उनी पुगे, र पार्टी निर्माणमा भूमिका खेलेका थिए ।

पञ्चायत अन्त्य भएपछिको खुला राजनीतिमा भने उनको राजनीतिक ग्राफ तुलनात्मक ढिलो उक्लिएको देखिन्छ । २२ पुस २०४७ सालमा तत्कालीन मार्क्सवादीसँग एकता गरेर एमाले बन्दा पाण्डे केन्द्रीय सदस्य भएका थिए ।

यसपछि उनको केन्द्रीय सदस्य पद २०५९ सालको सातौं महाधिवेशनसम्मै रह्यो । २०६५ सालको आठौं महाधिवेशनबाट बल्ल पोलिटब्युरो सदस्यमा उनको पदोन्नति भयो ।

२०७१ मा सम्पन्न नवौं महाधिवेशनमा महासचिव पदमा पराजित भए पनि स्थायी समिति सदस्य भए । २०७८ सालमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष निर्वाचित भए ।

मन्त्रीका रूपमा जस

राजनीतिक संघर्षको तुलनामा असाध्यै छोटो अवधि राजकीय जिम्मेवारीमा बसेकाले पनि पाण्डेलाई हेर्ने आमबुझाइ नकारात्मक देखिँदैन । बरू सफल अर्थमन्त्री भनेर चिनिएका छन् ।

२०६६ सालमा पाण्डे अर्थमन्त्री हुँदा तत्कालीन माओवादीको दबदबा थियो । संविधान सभाको सबैभन्दा ठूलो शक्ति माओवादीलाई बाहिर राखेर बनेको सरकारका अर्थमन्त्री पाण्डेलाई राम्रोसँग बजेट प्रस्तुत गर्न समेत दिइएको थिएन ।

तर, पाण्डेले ल्याएको बजेटलाई नराम्रो भन्ने टिप्पणी सुनिएन । बरू सामाजिक रुपान्तरणमा उल्लेखनीय योजना समेटिएको र भौतिक पूर्वाधारतर्फ दीर्घकालीन महत्व हेरेर बजेट ल्याइएको भन्ने विश्लेषण भयो ।

दलितहरुका निम्ति जनता आवाश, गरीब छात्राहरूका निम्ति नगद छात्राबृत्ति, महिलाको नाममा घरजग्गा दर्ता गराउँदा कर छुट, सबै विद्यालयमा छात्रा शौचालय जस्ता योजनाले समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुगेको विश्लेषण गरिन्छ ।

पार्टीमा रुपान्तरणको एजेन्डा अघि सार्दै आएका र २०६६ सालमा छोटो अवधि राजकीय जिम्मेवारी सम्हाल्दै सफल अर्थमन्त्रीको छवि बनाएका उनै पाण्डे एघारौं महाधिवेशनबाट एमाले महासचिवको जिम्मेवारीमा भने पुग्न सकेनन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More