― Advertisement ―

प्रारम्भिक प्राइम डे डिलहरू यहाँ छन्, साथीहरू – तपाईंले पहिले नै तीन महिनाको श्रव्य वा Kindle Unlimited निःशुल्क प्राप्त गर्न सक्नुहुन्छ

यो हप्ताको प्राविधिक सम्झौताको संसारमा सबैभन्दा ठूलो खबर यो हो कि Amazon प्राइम डे आधिकारिक रूपमा घोषणा गरिएको छ - जुन 2 2 को...
HomeLatest newsरुस-युक्रेन युद्धमा मारिनेका परिवारलाई नेपालबाटै राहत दिन एकीकृत समाजवादीको माग

रुस-युक्रेन युद्धमा मारिनेका परिवारलाई नेपालबाटै राहत दिन एकीकृत समाजवादीको माग



१४ कात्तिक काठमाडौं । नेकपा एकीकृत समाजवादीले रुस-युक्रेन युद्धमा मारिएका व्यक्तिका परिवारलाई नेपालबाटै राहत उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो माग गरेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै उपाध्यक्ष प्रकाश ज्वालाले भने, ‘रुस-युक्रेन युद्ध अन्त्य हुनुपर्छ । साथै सो युद्धमा मारिएका व्यक्तिका परिवारलाई नेपालबाटै राहत उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ ।’

रुसी सेनामा काम गरिरहेका नेपाली नागरिकलाई फिर्ता गराउनुपर्ने माग पनि एकीकृत समाजवादीले गरेको छ ।

उनले अगाडि भने, ‘इजरायलमा लर्न एन्ड अर्न कार्यक्रममा अध्ययनमा गएका विपिन जोशी धेरै लामो समय बेपत्ता अवस्थामा रहे । पछिल्लो अवस्थामा उनको मृत्यु भएको घोषणा भयो । अहिले उनको अन्तिम संस्कार पनि भइसकेको छ । उहाँको परिवारका सदस्यलाई रोजगारी अध्ययनमा समेत सरकारले सपोर्ट गर्नुपर्छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More