― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsरुपन्देही-३ का प्रलोपाका उम्मेदवारलाई पार्टीले गर्‍यो निष्कासन

रुपन्देही-३ का प्रलोपाका उम्मेदवारलाई पार्टीले गर्‍यो निष्कासन



२३ माघ, बुटवल । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् ।

पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।

उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट  समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निश्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको वैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए ।

‘यस्ता क्रियाकलापले पार्टीको छविमा क्षति पुगेको निष्कर्ष निकाल्दै केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयका आधारमा उनलाई हटाइएको हो,’ जिल्ला इन्चार्ज पंकज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रलोपा रुपन्देही–३ की इन्चार्ज रविना भण्डारीले काराखेतीले पार्टीका कसैलाई जानकारी नदिई व्यक्तिगत स्वार्थमा अर्को दलको उम्मेदवारलाई समर्थन गर्ने निर्णय जानकारी पाएपछि पार्टीले उनलाई कारबाही गरेको बताइन् ।

भण्डारीले काराखेतीको पक्षमा पार्टीका कोही पनि नभएकाले उनको व्यक्तिगत निर्णयले पार्टीलाई कुनै फरक नपर्ने दाबी गरिन् । काराखेतीले भने आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णयमा पुगेको बताएका छन् ।

पार्टीले रकम मागेको आरोप गलत भएको उनले बताएपनि पार्टी जिल्ला इन्चार्ज राईले काराखेतीले आफ्नो ह्वाट्सप नम्बरबाट क्यूआर पठाएर बारम्बार फोन गर्दै रकम मागेको विषय सामाजिक सञ्जालमै पोष्ट गरेका छन् ।





Read More