― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsरुकुम पूर्वको मनमोहक साँख गाउँ (तस्वीरहरू) – KhabarHost

रुकुम पूर्वको मनमोहक साँख गाउँ (तस्वीरहरू) – KhabarHost



२८ पुस, रुकुमपूर्व । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख गाउँ प्रकृतिको अनुपम उपहार हो । वरिपरि हरियाली पहाड र बीचमा टल्किने कञ्चन साँख दहले यो गाउँलाई कुनै सुन्दर चित्रकथा जस्तै बनाएको छ ।

​यहाँको सुन्दरता केवल प्राकृतिक दृश्यमा मात्र सीमित छैन । गाउँको विकास र पहिचानका लागि अहोरात्र खट्ने यहाँका परिश्रमी नागरिक यस गाउँका वास्तविक गहना हुन् ।

पिठ्युँमा घाँस-दाउराको भारी र ओठमा मुस्कान बोकेर उकालो-ओरालो गर्ने यहाँका आम नागरिकहरूको सङ्घर्षले पहाडी जीवनको जीवन्त तस्वीर प्रस्तुत गर्छ ।

​कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको साँख गाउँ अहिले बिस्तारै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

दहको शान्त वातावरण र ग्रामीण जनजीवनको सामीप्यता खोज्नेहरूका लागि यो एउटा उत्कृष्ट गन्तव्य बनेको छ ।

तस्वीरहरू : बालाराम शेर्पाली

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More