― Advertisement ―

AI अचानक प्रशिक्षित भाषाहरूमा प्रवाहित हुँदै गइरहेको छ, र यसले मेसिनहरूले वास्तवमा मानव बोली कसरी सिक्ने भन्ने बारे सबै कुरा परिवर्तन गर्दछ।

एआई मोडलहरूको साथमा भाषाहरूमा तालिम लिनुहोस्। डेटाक्रोस-भाषिक स्थानान्तरणले दुर्लभ भाषा प्रदर्शनलाई बढावा दिन साझा ढाँचाहरूलाई अनुमति दिन्छटोकनाइजर दक्षता सुधारहरूले बहुभाषिक प्रशोधन लागत र गुणस्तरमा...
HomeLatest newsरुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु – KhabarHost

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु – KhabarHost



७ कात्तिक, रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, अहिलेसम्म ७ जनाको शव फेला परिसकेको छ भने १० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि प्रसाद पुनका अनुसार, खलंगाबाट आठबिसकोट नगरपालिका–९ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको हो ।

प्रहरीले उद्धारको काम जारी राखेको छ । जिपमा करिब २० जना यात्रु सवार थिए । मृतकहरूको परिचय खुल्न बाँकी छ ।

(रुकुमपूर्वबाट बालाराम शेर्पालीको सहयोगमा)





Read More