― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsरिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गए रवि

रिहाइ प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही गए रवि



काठमाडौं । रिहाइ प्रक्रिया पूरा गर्न रास्वपा सभापति रवि लामिछाने काठमाडौंबाट रुपन्देही गएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा काठमाडौंमा जेलमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी आज बिहान हवाईजहाजमार्फत् रुपन्देही गएका हुन् ।

रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि आठ महिनादेखि थुनामा छन् । उनले विगो बराबरको रकम धरौटी राखेर रिहा हुन पाउनुपर्ने माग गरेका थिए ।

सो माग बमोजिम उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न विहीबार आदेश दिएको थियो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

विहीबार कार्यालय समय सकिइसकेकाले शुक्रबारमात्रै उनको रिहाइको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि रवि आज काठमाडौंबाट रुपन्देही गएका हुन् । उनलाई भैरहवा कारागारबाट काठमाडौं सारिएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More