― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsरास्वपाभित्र ‘उज्यालो’ खोज्न थाल्यो कुलमान पक्ष – KhabarHost

रास्वपाभित्र ‘उज्यालो’ खोज्न थाल्यो कुलमान पक्ष – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकता घोषणा भए पनि संघीयता, धर्मनिरेपक्षता, पहिचान र गणतन्त्रबारे स्पष्टता नपुगेको कारण विवाद बढेको छ।
  • उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको छुट्टै सूची लिएर निर्वाचन आयोग पुगेको र एजेन्डा नपुगेमा एकताबाट बाहिरिने चेतावनी दिएको छ।
  • कुलमान घिसिङ नेतृत्वमा उज्यालो पार्टीका केही नेताले रास्वपाबाट स्पष्टता नपाएपछि एकतामा शंका देखाएका छन् र चुनावी प्रचारमा सक्रिय छन्।

१८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको घोषणा भयो, तर उनीहरु एक देखिएका छैनन् ।

पार्टी एकता भए पनि एजेन्डामा एकता हुन नसकेको पीडा रास्वपा उपसभापति कुलमान घिसिङ निकटस्थले पोख्न थालेका छन् ।

एजेन्डाबेगर केवल टाउका जोडेर हतार हतार एकता गर्ने हुँदा फुर्सदमा पछुताउनुपरेको उनीहरुको भनाइ छ ।

पुस १४ मा एकता हुनुअघि कुलमान पक्षका केहीले घन्टी चुनाव चिह्नले सबै आस्थाहरुलाई समेट्न कठिकन हुन सक्ने अडान राखेका पनि थिए । उज्यालो पार्टीका तिनै नेताहरुले अहिले रास्वपाबाट संघीयता, धर्मनिरेपक्षता, पहिचान र गणतन्त्रबारे स्पष्टता खोज्न थालेका हुन् ।

उज्यालो नेपाल पार्टीका पहिचान पक्षधर नेताहरूले एकतामा असन्तुष्टि जनाइरहेका बेला उक्त पार्टीका संरक्षक कुलमान घिसिङ पनि रास्वपासँग सशंकित देखिएका छन् ।

‘पार्टीको कार्यकारी अधिकार प्रयोग गर्ने सभापतिदेखि केन्द्रीय समितिका कतिपय पदसम्म छोडेका हौँ । पदले केही हुन्न बरु जनतामा परिवर्तन महसुस हुनुपर्‍यो भनेर अगाडि बढेका हौँ । तर संघीयता, धर्मनिरेपक्षता, पहिचान र गणतन्त्रलाई स्वीकार गर्नुपर्छ, यो चाहिँ अडान हो,’ कुलमानसँग निकट तथा केही अघिसम्म उज्यालो पार्टी नेपालमा प्रभावशाली केन्द्रीय सदस्य रहेका एक नेताले भने, ‘आज चार दिन भयो रास्वपाबाट स्पष्टता खोजेको त्यो आएको छैन । त्यसैले हामी सशंकित भएका हौँ ।’

गणतन्त्रलाई स्वीकार गरे पनि त्योसँगै आएका संवैधानिक उपलब्धिमा रास्वपा सहमत नभएमा एकताबाट बाहिरिनेसम्मको निष्कर्षमा उज्यालो पार्टीतर्फ रहेका ती नेताहरु पुगेका छन् ।

‘गणतन्त्रको उपलब्धिलाई स्वीकार नगर्ने हो भने सँगै अगाडि जान सकिदैन । यसबारे रास्वपाले छलफल गर्न चाहेको पनि देखिएन । यस्तो अवस्थामा मिलेर जान उपयुक्त हुदैन । हामी प्रतिगनममा जादैनौ । उज्यालो पार्टीको सबैको साझा निष्कर्ष हो,’ ती नेताले भने ।

पार्टीका संरक्षक कुलमान घिसिङ पनि यही एजेन्डामा हो भन्ने प्रश्नमा ती सदस्यले दाबी गरे, ‘रास्वपाले स्पटता नपारे कुलमानज्यू पनि एकताबाट बाहिरिनु हुन्छ । त्यसपछि उज्यालो पार्टीलाई नै अगाडि बढाउने हो ।’

रास्वपासँग उज्यालो पार्टीले यी एजेन्डामाथि लिखित सम्झौता नै हुनुपर्ने अडान लिएको छ । एजेन्डा नमिलेमा बाहिरिन जिल्ला–जिल्लाबाट सुझाव आएको उज्यालो पार्टीका नेताहरू बताउँछन् । ‘एजेन्डा नमिल्ने हो भने एकतामा नजान सुझाव आएको छ,’ ती सदस्यले भने ।

रास्वपासँग एकता हुनुअघि उज्याले पार्टीले समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएको थियो । सहमति भएपछि उज्यालो पार्टीले सोही दिन बेलुका निर्वाचन आयोग पुगेर बन्दसूची फिर्ता लिएको थियो । र, रास्वपालाई आफ्नोतर्फबाट १८ जनाको नाम समानुपातिकका लागि दिएको थियो ।

तर शुक्रबार पुनः उज्यालो पार्टी निर्वाचन आयोग पुगेको छ ।

‘सामाजिक न्यायमा कुरा मिलेन भने, एजेन्डामा फरक पर्‍यो भने के गर्ने भनेर आयोगमा सोध्न गएको हो,’ ती सदस्यले भने । तर स्रोतका अनुसार उज्यालो पार्टी नेपाल समानुपातिक उम्मेदवारहरूको छुट्टै सूची बोकेर पुनः निर्वाचन आयोग पुगेको छ ।

आयोग स्रोतले दिएको जानकारी अनुसार, शुक्रबार दिउँसो सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय आफैं आयोगमा पुगेका थिए । उनीसहित अर्का एक जना सदस्य पनि आयोगमा छुट्टै बन्दसूची बोकेर पुगेका थिए ।

तर, समानुपातिकको बन्दसूची पेश गर्ने समयसीमा घर्किसकेको भन्दै आयोगले उनीहरूलाई फर्काइदिएको हो । उनीहरूले प्रमुख कार्यबाहक आयुक्त रामप्रसाद भण्डारीसमक्ष ‘हामीले ५० हजार बुझाएर रसिद लिइसकेका छौं । ११० जनाको लिस्ट पेश गर्न पाउनुपर्‍यो’, भनेर प्रस्ताव राखेका थिए । भण्डारीले भने उनीहरूलाई कानुन शाखा पठाइदिए । कानुन शाखाले कुनै हालतमा मिल्दैन भन्ने जवाफ दिएपछि उनीहरू फर्किएका हुन् ।

अनुपकुमार आफैं रास्वपाबाट समानुपातिकको सूचीमा रहेका व्यक्ति हुन् । उनी आफैंले रास्वपासँगको एकतामा समेत हस्ताक्षर गरेका थिए । उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले नाम नबताउने शर्तमा आफ्नो पार्टीमा व्यापक असन्तुष्टि रहेको अनलाइनखबरसँग दाबी गरे ।

‘पार्टीभित्र व्यापक असन्तुष्टि छ । तल्लो तहका मान्छे धान्नै गाह्रो भइसक्यो । त्यसैले पनि एकता प्रक्रिया छिटो टुंगोमा पुर्‍याउन आवश्यक छ । नत्र जे पनि हुनसक्छ,’ ती केन्द्रीय सदस्य भन्छन् । एकता भएपछि उज्यालो पार्टीका नेताहरू रास्वाको कार्यालयमा जानु पर्ने हो । तर गएका छैनन् । उनीहरू बाहिरै बसेर आफ्नो चुनावी गतिविधि गरिरहेका छन् ।

उज्यालो पार्टीमा संरक्षक रहेका कुलमान चुनावी प्रचारमा होमिएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ मा उनले चुनावी कार्यक्रम गरिरहेका छन् ।

यी सबै कार्यक्रम अघि बढ्दैगर्दा अकस्मात् चर्केको विवादलाई कसरी नेतृत्वले बैठान गर्छ त्यो चाहिँ हेर्न बाँकी छ ।





Read More