― Advertisement ―

यहाँ 11 TV हरू छन् जसमा म NBA Playoffs हेर्न सिफारिस गर्छु — $1,700 सम्म छुट 4K, QLED र OLED TV हरू

यो सप्ताहन्तमा NBA प्लेअफ सुरु हुन्छ, र यदि तपाइँ आफ्नो मनपर्ने टोली हेर्नको लागि आफ्नो डिस्प्ले अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ Best...
HomeLatest newsरास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा


फाइल तस्वीर



२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । रास्वपाको  समानुपातिकतर्फको ११० जनाको बन्द सूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा उनको नाम समावेश थियो ।

लिम्बूले लेखेका छन्, ‘…उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।’

नेपालको संविधानमा सुनिश्चित समानुपातिक/समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार आफूले समानुपातिकतर्फ उम्मेदवारी दिएको पनि उनले बताएका छन् ।

तर, एकता र ध्रुवीकरणको चरणमा एकताबाट आएकाहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष भएकाले आफूले नाम फिर्ता लिने निर्णय गरेको उनले बताएका छन् ।

‘नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्द सूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता–कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्द सूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ,’ उनले लेखेका छन् ।

यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय भएको उनको दाबी छ ।

राजनीति केवल व्यक्तिगत अवसर वा पदको खोजी मात्र नभएर विचार, मूल्य र सबै नेता–कार्यकर्ताको भावना समेट्दै अघि बढ्ने साझा अभियान भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘म यसै यात्रामा अघि बढेको छु । यसै यात्रामा समाहित हुन आह्वान पनि गर्दछु ।’

समानुपातिक उम्मेदवार चयन गर्ने क्रममा रास्वपाले प्राइमरी इलेक्सन गरेको थियो । त्यस क्रममा अत्याधिक मत प्राप्त भएको भनेर उनले प्राइमरी इलेक्सनमा मत दिनेहरूप्रति आभार व्यक्त गरेका छन् ।

यसअघि २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा लिम्बू इलाम निर्वाचन क्षेत्रनम्बर २ मा प्रत्यक्षतर्फ भएको उम्मेदवार थिए । त्यसबेला उनी चौथो भएका थिए ।

एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा ५ हजार ५० मत पाएका लिम्बूको जमानत जफत भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More