― Advertisement ―

Ugreen को उच्च क्षमता NAS यन्त्रहरू भर्खरै मूल्यमा घट्यो

फोटो लाइब्रेरीहरू, भिडियो सङ्कलनहरू, र व्यक्तिगत फाइलहरू धेरै उपकरणहरूमा बढ्दै जाँदा, धेरै भन्दा धेरै मानिसहरू आफ्नो भण्डारण आवश्यकताहरू प्रबन्ध गर्न NAS प्रणालीहरूमा फर्कन थालेका...
HomeLatest newsरास्वपाको विस्तारित बैठकप्रति लुम्बिनी प्रदेशका महामन्त्रीको असन्तुष्टि

रास्वपाको विस्तारित बैठकप्रति लुम्बिनी प्रदेशका महामन्त्रीको असन्तुष्टि



१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकमा सहभागी कतिपयलाई आमन्त्रित भनिएकोमा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले  असन्तुष्टि जनाएका छन् ।

‘सन्दर्भ कार्तिक २१ र २२ शब्द चयन ‘आमन्त्रित’, दमन सहभागीहरुलाई निर्णय प्रक्रियामा बन्देज । बेलैमा निर्णय सच्चाइयोस् ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आमन्त्रित भनेर बैठकमा बोलाउने र निर्णय प्रक्रियामा बन्देज गर्नु उपयुक्त नहुने उनले बताएका छन् । तर, क–कसलाई आमन्त्रित भनेर बोलाइएको र निर्णय प्रक्रियामा बन्देज लगाइएको छ अधिकारीले केही खुलाएका छैनन् ।

बरु चेतावनीको शैलीमा लेखेका छन्, ‘जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जहाँ  प्रतिरोध हुन्छ त्यहा विस्फोट हुन्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  सामाजिक सञ्जालमा प्रतिनबन्ध लगाउनु दमन भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘भाद्र २३ मा भीषण ओलीद्धारा दमन र जनताद्वारा प्रतिरोध, भाद्र २४ मा जनताबाट विस्फोट ।’

उनी लेख्छन्, ‘भाद्र २३ र २४ को क्रान्तिको माहोल गरम छ, रापताप सेलाएको छैन त्यो बेलामा कसैले वेद पढ्दैन ।’

विगत देखाएर उनले रास्वपाका नेताहरूको ध्यानाकर्षण गरेका हुन् । सामाजिक सञ्जालमै उनले आफ्नो स्ट्याटसमा डिपी अर्याल, स्वर्णिम वाग्ले, कबिन्द्र बुर्लाकोटी, बिपिन कुमार आचार्य, गणेश कार्कीको नाम मेन्सन गरेका छन् ।

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक यही कात्तिक २१ र २२ गते चितवनमा बस्दैछ । यसअघि यही कात्तिक १४ र १५ गते बस्ने तय भएको थियो ।

शान्ति–सुरक्षा चुनौतीलाई कारण देखाउँदै पूर्व निर्धारित बैठक सारेर २१ र २२ गतेलाई पुर्‍याइएको हो ।

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक नजिकिँदै जाँदा सहभागितालाई लिएर रास्वपाभित्र असन्तुष्टि देखा परेको छ ।

विस्तारित बैठक अपरिभाषित भएको भनेर कतिपयले प्रश्न उठाएका छन् ।

केन्द्रीय समिति मै असन्तुष्टी रहेको कतिपय नेताहरूले बताएका छन् । सहभागीले भोटिङ अधिकार पाउनुपर्ने माग डा. तोसिमा कार्कीले सार्वजनिक रुपमै राखेकी छन् ।

सहभागीले भोटिङ अधिकार नदिने र संस्थापन पक्षले आफ्नो पक्षमा बहुमत पुग्ने गरि प्रतिनिधि छनौट गरेको असन्तुष्ट पक्षको आरोप छ । प्रदेश समितिकै सबै सहभागी हुन नपाउने तर तल्ला कमिटीका पनि केहिले पाउने भनेर चयनमुखी सहभागिताको नीति अवलम्बन गरिएको भनेर आन्तरिक रुपमा असन्तुष्टि चुलिएको रास्वपाका नेताहरू बताउँछन् ।

यही बेला लुम्बिनी प्रदेशमा महामन्त्री अधिकारीले असन्तुष्टि जनाएका हुन् ।

कतिपय प्रदेश सभापतिले प्रदेशका सबै सदस्य सहभागी हुन पाउनु पर्ने माग राखेका छन् ।

पुर्वसांसद अशोक चौधरी, नेता गणेश कार्की लगायतले समेत आन्तरिक रुपमा रास्वपाको विस्तारित बैठकप्रति जनाएका छन् ।

नेता कार्कीले विस्तारित बैठकलाई परिभाषित गरिनु पर्छ भनेर आवाज उठेको बताए । ‘विस्तारित बैठकलाई के परिभाषा दिने ? केन्द्रीय समिति र कुन तहको विस्तारित बैठक भन्ने ? त्यो स्पष्ट छैन’ उनले भने ।

उनी थप्छन्, ‘केन्द्रीय समिति र हामीले छानेका सदस्य मात्रै भनेर विस्तारित बैठक भन्न मिल्दैन, विधानले चिन्दैन । प्रदेश समिति सदस्यलाई छुटाउनु परेको किन र आएकालाई पनि भोट गर्ने अधिकार नदिएको किन भन्ने प्रश्नको जवाफ सचिवालयले दिनुपर्छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More