― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsराष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल

राष्ट्र बैंक र आरबीआईको साझा संयन्त्र बैठकमा अन्तरदेशीय भुक्तानी छलफल


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकको साझा समन्वय संयन्त्र (जेटीसीसी) को नवौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएको छ।
  • बैठकमा अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार सहजीकरण, मौद्रिक नीति र विदेशी विनिमय व्यवस्थापन विषयमा छलफल भएको छ।
  • गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले जेटीसीसीले दुई केन्द्रीय बैंकबीच प्राविधिक सहयोग र संस्थागत सम्बन्ध सघन बनाउने विश्वास व्यक्त गर्नुभयो।

१७ कात्तिक,काठमाडौं । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र (जेटीसीसी) को नवौं बैठकमा अन्तरदेशीय विद्युतीय भुक्तानीका सन्दर्भमा छलफल भएको छ ।

आइतबार दुवै केन्द्रीय बैंकका प्रतिनिधि सहभागी बैठकमा उक्त विषयमा छलफल भएको हो ।

विगतदेखि नै नेपालीले पनि भारतमा क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था सुरु गर्ने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन । पूर्वाधार पूर्णरूपमा तयार भइसके पनि औपचारिक सुरुवात हुन नसक्दा रोकिएको छ ।

जेटीसीसी बैठक उद्घाटन गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र प्राविधिक रूपमा समाधानका लागि उक्त संयन्त्र प्रभावकारी रहेको बताए ।

मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यास आदान–प्रदान, प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिताका सन्दर्भमा जेटीसीसी महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको उनले स्पष्ट पारे ।

आगामी दिनमा उक्त मञ्चमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोग आदान–प्रदान थप सघन बन्दै जाने विश्वास समेत गभर्नर पौडेलले व्यक्त गरे ।

आरबीआई कार्यकारी निर्देशक एवं जेटीसीसी संयोजक अर्णवकुमार चौधरीले उक्त संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबार सहजीकरण, वित्तीय समावेशीकरण प्रवर्द्धनका सन्दर्भमा फलदायी अभ्यास कार्यान्वयनमा आएको बताए ।

जेटीसीसी मार्पmत दुई केन्द्रीय बैंकको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने विश्वास उनले व्यक्त गरे । बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका तर्पmबाट जेटीसीसी संयोजक राजनविक्रम थापाले दुईपक्षीय हित प्रवर्द्धनका निम्ति उक्त संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका जेटीसीसी सम्बद्ध अधिकारीबीच द्विपक्षीय सरोकारका विभिन्न एजेन्डामा छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।

छलफलमा नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार सहजीकरण विषयले समेत स्थान पाएको केन्द्रीय बैंकले जनाएको छ । मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन लगायतका विषयमा आरबीआईले गरेका असल नीतिगत अभ्यास अवलम्बन गर्न सकिने सम्भावनाबारे छलफल भएको पनि केन्द्रीय बैंकले जनाएको छ ।

बैंकिङ तथा वित्तीय प्रणालीका द्विपक्षीय सरोकारका विषयमा सहकार्य र समन्वय गर्ने तथा विभिन्न विषयमा रहेका समस्या सुल्झाउन समन्वयात्मक संयन्त्र तयार गर्ने क्रममा १३ मे २०१६ मा जेटीसीसी गठन भएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More