― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsराष्ट्र बैंकले वित्तीय प्रणालीबाट ४० अर्ब खिच्दै – KhabarHost

राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ४० अर्ब खिच्दै – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ४० खर्ब रुपैयाँ तरलता खिच्न आइतबार निक्षेप संकलन उपकरण जारी गरेको छ।
  • वित्तीय प्रणालीमा शनिबारसम्म करिब ५२ अर्ब रुपैयाँ तरलता रहेको र स्थायी निक्षेप परिपक्व हुने भएपछि निक्षेप संकलन उपकरण जारी गरिएको राष्ट्र बैंकले बताएको छ।
  • केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकलाई थोरै ब्याजदरमा प्राथमिकता दिँदै रकम बाँडफाँड गर्ने र बैंक दर ६ प्रतिशत तथा स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ।

१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ४० खर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ५२ अर्ब तरलता छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा राखेको पैसा परिपक्व हुने भएपछि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालीन अविधका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।

निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँड गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।





Read More