― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeविजनेसराष्ट्र बैंकले वित्तीय प्रणालीको ५० अर्ब ६ महिनाका लागि खिच्दै

राष्ट्र बैंकले वित्तीय प्रणालीको ५० अर्ब ६ महिनाका लागि खिच्दै


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब रुपैयाँ तरलता बुधबार निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ।
  • बुधबार १७५ दिने निक्षेप संकलन उपकरण जारी गरिने र यसले वित्तीय प्रणालीमा करिब ६८ अर्ब तरलता रहेको राष्ट्र बैंकले जनाएको छ।
  • केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप उपकरणमार्फत थोरै ब्याजदर माग्ने बैंकलाई प्राथमिकता दिँदै तरलता व्यवस्थापन गर्ने बताएको छ।

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण जारी गरेको हो ।

पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । गत आइतबार मात्रै ४० अर्ब खिचेको केन्द्रीय बैंकले सोही प्रकृतिको उपकरण मार्फत बुधबार ५० अर्ब खिच्न लागेको हो ।

बुधबार बैंकले ५० अर्ब रुपैयाँ बराबरको १७५ दिने निक्षेप संकलन उपकरण जारी गरेको छ । राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६८ अर्ब तरलता छ। बैंक तथा वित्तीय संस्थाले अधिक तरलता अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् । स्थायी निक्षेप मार्फत राखेको रकम धेरै भएकाले पनि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन गर्न थालेको हो ।

यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More