― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsराष्ट्र बैंकले वित्तीय क्षेत्रलाई अलपत्र छाडेर वित्त नीतिमा लाग्ने होइन : गभर्नर ...

राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई अलपत्र छाडेर वित्त नीतिमा लाग्ने होइन : गभर्नर  – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकले वित्तीय क्षेत्र अलपत्र छाडेर वित्त नीतिको काम नगर्ने बताएका छन्।
  • पौडेलले केन्द्रीय बैंकको मुख्य लक्ष्य निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने र बैंकहरूलाई दबाब नदिने रहेको बताए।
  • उनले अर्थतन्त्रको गति लिन नसक्नुको कारण संस्थागत क्षमता कमजोर हुनु र कृषि क्षेत्रबाट सिधै सेवा क्षेत्रमा जानु रहेको उल्लेख गरे।

९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकले वित्तीय क्षेत्र अलपत्र छाडेर वित्त नीतिको काम नगर्ने बताएका छन् ।

उनले केन्द्रीय बैंकले अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा परेको दबाब न्यूनीकरणका लागि काम गर्नुपर्ने बताएका हुन् ।

राष्ट्र बैंककै आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा अन्तर्क्रियामा पौडेलले केन्द्रीय बैंकले सर्वसाधारणको निक्षेप कसरी परिचालन गर्न दिने भन्ने कुरामा केन्द्रित भई काम गरेको बताए ।

‘केन्द्रीय बैंकको मुख्य लक्ष्य भनेको निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने भन्ने हो,’ पौडेलले भने, ‘यदि ऋण उत्पादक क्षेत्रमा जान्छ भने त्यसको प्रतिफल नआउँदासम्म समग्र वृद्धिलाई डोहोर्‍याउने हो ।’

केन्द्रीय बैंकको आजको लक्ष्य भनेको बैंकहरूलाई धेरै दबाब हुन नदिने, राम्रोसँग काम गरुन्, राम्रो क्षेत्रमा लगानी गरुन्, प्रतिफल आओस्, अनुशासित भएर काम गरुन् र देशको वृद्धिमा योगदान पुगोस् भन्ने रहेको उनले बताए ।

‘राष्ट्र बैंकले काम छाडेर बैंकजति अलपत्र पारेर खराब कर्जा बढाएर वित्त नीतिको काम गर्न खोजेर हुँदैन,’ पौडेलले भने, ‘त्यो भनेको सबैले आफ्नो–आफ्नो ठाउँमा बसेर आफ्नो काम गर्ने हो, हामीले पनि त्यही गर्ने नै हो तर वित्तीय नीतिलाई सहयोग गर्ने गरी जाने हो ।’

उनले व्यापार घाटा अन्तर्राष्ट्रिय स्तरमै ठूलो मुद्दा भएर आइरहेको बताए । अमेरिकीहरूको व्यापार घाटाले गर्दा राजनीतिमै उतारचढाव आउने गरेको उनले  बताए । अमेरिका–चीन व्यपारिक द्वन्द्वका कारण पनि व्यापार घाटा नै रहेको उनको बुझाइ छ ।

संस्थागत क्षमता बनाउन नसक्दा अर्थतन्त्रले गति लिन नसकेको उनले उल्लेख गरे । ‘पूर्वाधार निर्माण गरिदिन्छु भन्ने संस्थापन हामीकहाँ भएन, सरकारी र निजी भन्ने कुरै छाडौं, त्यसैले हामीले अहिले ऋण लियौं भने पनि काम हुने अवस्था छैन,’ उनले भने, ‘हामीलाई पूर्वाधार पृष्ठभूमि चाहिन्थ्यो, त्यो निकाल्न मिहिनेत गरिराखेका छौं, तर सकिराखेका छैनौं, सडकहरू केही त बनाएका छौं तर जति बनाउन सक्नुपर्ने हो सकिराखेका छैनौं, जसले गर्दा लागत बढेको छैन ।’

गभर्नर पौडेलले नेपाललाई लगानीको गन्तव्य बनाएको, सबै कुरा गरेको तर केही चिज बचाइराखेको बताए । कुनै अमूर्त चिज गराइराखेकाले उत्पादन उपलब्धि हासिल गर्न नसकेको उनले बताए ।

‘रोजगारी छैन, पैसाको सदुपयोग छैन, भएको पैसा पनि त्यत्तिकै बसिराखेको छ,’ पौडेलले भने, ‘सिक्नुपर्ला, सबै संयन्त्र बनाउँदै जानुपर्ला तर अहिले धैर्य चाहिन्छ, साथै नतिजा उन्मुख नीति आवश्यक छ ।’

अर्थतन्त्रको आधार कृषि क्षेत्रबाट औद्योगिक क्षेत्र हुँदै सेवा क्षेत्रमा जानुपर्नेमा नेपालमा कृषि क्षेत्रबाट सिधै सेवा क्षेत्रमा गएको र यसले समस्या सिर्जना गरेको उनको भनाइ छ ।

गभर्नर पौडेलले खर्च बढाउन संस्थागत क्षमता नै कमजोर रहेको र वित्त तथा मौद्रिक नीतिको समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More