― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsराष्ट्रिय स्केट प्रतियोगितामा ज्ञान संस्कार टिम च्याम्पियन

राष्ट्रिय स्केट प्रतियोगितामा ज्ञान संस्कार टिम च्याम्पियन


राष्ट्रिय

समाचार.

  • ज्ञान संस्कार इन्टरनेसनल स्कुलले तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि जितेको छ।
  • प्रतियोगितामा श्री शिवा नर्सिङ शिक्षालय दोस्रो र अलकापुरी स्कुल तेस्रो भएका छन्।
  • प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३० भन्दा बढी विद्यालयका २०० बढी खेलाडी सहभागी थिए।

५ पुस, काठमाडौं । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा भएको प्रतियोगितामा श्री शिवा नर्सिङ शिक्षालय दोस्रो तथा अलकापुरी स्कुल तेस्रो भए ।

समापन कार्यक्रममा बोल्दै ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले सहभागी सबै विद्यालय, खेलाडी तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरिन् ।

प्रधानाध्यापक बडूले प्रतियोगिताले विद्यालयस्तरमा स्केटिङ खेलको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।

स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धी भावना विकास हुने धारणा व्यक्त गरे ।

आयोजक ज्ञान संस्कारकै हातामा भएको एकदिने प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३० भन्दा बढी विद्यालयबाट २०० बढी खेलाडी सहभागी थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More