― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsराष्ट्रिय सभा निर्वाचनमा रास्वपाको मतभार ५३ – KhabarHost

राष्ट्रिय सभा निर्वाचनमा रास्वपाको मतभार ५३ – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय सभा निर्वाचनमा १३ वटा दलले माघ ११ गते हुने निर्वाचनका लागि दल दर्ता गरेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले दल दर्ता नगरे पनि सुदूरपश्चिम प्रदेशका एक प्रदेश सांसद डा. तारा जोशी रास्वपाका एक्ला मतदाता छन्।
  • मतदाता नामावली पुस २० गतेसम्म प्रकाशित हुनेछ र माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

१८ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिँदैछन् । निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते हुने निर्वाचन प्रयोजनका लागि १३ वटा दलले दल दर्ता गरेका छन् ।

जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, जनमत पार्टी छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई/मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र श्रम संस्कृति पार्टीले पनि राष्ट्रिय सभाको निर्वाचनमा भाग लिँदैछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छैन । तथापि, रास्वपाका मतदाता छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहन्छन् । यसअघिको निर्वाचनमा रास्वपाले स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिएको थिएन ।

तर, सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशी रास्वपा प्रवेश गरेका छन् । उनी कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी हुँदै रास्वपाको प्रतिनिधि बनेका हुन् ।

प्रदेश सभा सदस्य जोशी राष्ट्रिय सभा निर्वाचनमा आफू रास्वपाको तर्फबाट एक्लो मतदाता रहेको बताउँछन् । उनी अनलाइनखबरसँग भन्छन्, ‘म मेरो पार्टीको तर्फबाट एक्लो मतदता हुँ । निर्वाचनमा कसलाई सर्पोट गर्ने वा नगर्ने केही तय भएको छैन । यो विषयमा पार्टीले जे भन्छ म त्यही गर्नेछु ।’

डा. जोशी रास्वपाका एकमात्रै प्रदेश सांसद हुन् । राष्ट्रिय सभा निर्वाचनमा एक प्रदेश सांसदको मतभार ५३ छ । स्थानीय तहका एक पदाधिकारीको मतभार भने १९ छ । सातैवटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहमा १ हजार ५०६ प्रमुख तथा उपप्रमुख छन् ।

एक मात्रै प्रदेश सभा सदस्य भएकाले राष्ट्रिय सभामा रास्वपाको ५३ मतभार छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ ।

मतदाता नामावली प्रकाशन भएको छ । पुस २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिन सकिनेछ ।

यसरी परेको निवेदन तथा उजुरीमाथी पुस २१ र २२ गते छानबिन गरी आयोगले पुस २२ गते दिउँसो ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।

२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुन्छ ।

यसपटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २÷२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More