― Advertisement ―

तपाईंसँग थप 10 दिनहरू मात्र छन् सर्फशार्कको उत्कृष्ट योजना छुटको मूल्यमा प्राप्त गर्न थप ३ महिना थपिएको छ — दावी गर्ने तरिका यहाँ छ

Surfshark को एक योजना अझै पनि छुट छ, तर यदि तपाईं आफैलाई सदस्यता लिन जाँदै हुनुहुन्छ भने तपाईंको समय सकिएको छ।यो Always सिफारिस गर्नुभयो।...
HomeLatest newsराष्ट्रिय लिगमा चर्च ब्वाइजको पहिलो जित – KhabarHost

राष्ट्रिय लिगमा चर्च ब्वाइजको पहिलो जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको छ।
  • अबायोमी फाकुनलेले दुई गोल र मिलन राईले एक गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरेका थिए।
  • चर्च ब्वाइजले तीन खेलबाट ४ अंक जोडेको छ भने जावलाखेलको तीन खेलमा ३ अंक मात्र छ।

११ माघ, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा आइतबार जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको छ ।

राष्ट्रिय लिगमा चर्च ब्वाइजको यो पहिलो जित हो र ३ खेलबाट चर्च ब्वाइजले ४ अंक जोडेको छ । जावलाखेलको भने तीन खेलमा यो दोस्रो हार हो । तीन खेलबाट जावलाखेलको ३ अंक मात्र छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा अबायोमी फाकुनलेले दुई गोल गरेपछि चर्च ब्वाइजले सानदार जित हात पारेको हो । अर्को एक गोल मिलन राईले गरे । तीनै गोल दोस्रो हाफमा भएको थियो ।

फाकुनलेले ५३औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । मिलनले ६१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । फाकुनलेले ६८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

चर्च ब्वाइजले पहिलो खेलमा श्री भगवतीसँग बराबरी खेल्दै राष्ट्रिय लिग सुरु गरेको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।

उता जावलाखेल पहिलो खेलमा लालिगुराँस एसोसिएसनसँग पराजित भएको थियो भने दोस्रो खेलमा श्री भगवतीलाई पराजित गरेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More