― Advertisement ―

Quad 6K, 120Gbps, र 26 पोर्टहरू: Mac को लागि iVANKY FusionDock Ultra भेट्नुहोस्

UVANCK UVACK डेस्कटप वर्कस्टेशन डकमा 26 पोर्टहरूचार बाह्य 6K डिस्प्लेहरू मिल्दो Apple Silicon Macs मा नेटिभ रूपमा चल्न सक्छन्120Gbps सम्म ब्यान्डविथले डिस्प्ले-केन्द्रित व्यावसायिक कार्यप्रवाहहरू...
HomeLatest newsराष्ट्रिय अपाङ्ग कोषका पूर्वसभापति गुप्ता रौतहट–१ बाट कांग्रेसको प्रत्यक्षतर्फ सिफारिस

राष्ट्रिय अपाङ्ग कोषका पूर्वसभापति गुप्ता रौतहट–१ बाट कांग्रेसको प्रत्यक्षतर्फ सिफारिस



७ पुस, काठमाडौं । नेपाली कांग्रेस रौतहट क्षेत्र नं.–१ बाट राष्ट्रिय अपाङ कोषका पूर्व सभापति एवं मधेशमा कांग्रेसको प्रचारविभाग प्रमुख नितेश कुमार गुप्ताको नाम पनि सिफारिस भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र आत्मसम्मानका लागि निरन्तर आवाज उठाइरहेको हुँदा पार्टीले आफ्नो मूल्यांकलन गरेर सिफारिस गरेको गुप्ताले बताए ।

क्षेत्रीय समितिबाट सिफारिस भएको उनको नामलाई जिल्लाले पनि प्रदेश समितिमा पठाएको छ ।

रौतहट–१ बाट प्रत्यक्षतर्फ गुप्ता सहित कृष्णप्रसाद यादव, रामेश्वर प्रसाद यादव र सन्तु यादव सिफारिस भएको छ ।

समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला समूहबाट गरी बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभा  लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक/खुल्लाबाट) र नरेन्द्र पासवान (दलितबाट) सिफारिस गरिएको छ ।





Read More