― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
HomeLatest newsराष्ट्रियस्तरका विकास बैंकको नाफा घट्यो, कुनको कति ?

राष्ट्रियस्तरका विकास बैंकको नाफा घट्यो, कुनको कति ?


राष्ट्रिय

समाचार.

  • राष्ट्रियस्तरका ७ विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक खुद नाफा ५२.३५ प्रतिशत घटेर ६९ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
  • लुम्बिनी विकास बैंक तीन महिनामा ३४ करोड रुपैयाँ नोक्सानीमा रहेको छ भने गरिमा विकास बैंकले सबैभन्दा धेरै २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
  • यी बैंकहरूको औसत निष्क्रिय कर्जा ४.०० प्रतिशतबाट बढेर ५.५७ प्रतिशत पुगेको छ र लुम्बिनी र ज्योति विकास बैंकको निष्क्रिय कर्जा ७ प्रतिशतभन्दा माथि छ।

२१ कात्तिक, काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफा ५२.३५ प्रतिशत घटेको छ । राष्ट्रियस्तरका ७ विकास बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६९ करोड ५२ लाख रुपैयाँ छ ।

गत वर्षको यसै अवधिमा यी बैंकको खुद नाफा १ अर्ब ४५ करोड रुपैयाँ थियो । राष्ट्रियस्तरका विकास बैंकमध्ये एउटा लुम्बिनी विकास बैंक नोक्सानीमा रहेको छ । सो बैंक तीन महिनामा ३४ करोड नोक्सानीमा रहेको छ ।

गरिमा विकास बैंकले सबैभन्दा धेरै २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यी विकास बैंकको निष्क्रिय कर्जा पनि औसतमा बढेको छ ।

पहिले औसत निष्क्रिय कर्जा ४.०० प्रतिशत रहेकोमा अहिले ५.५७ प्रतिशत छ । सार्वजनिक वित्तीय विवरणअनुसार लुम्बिनी र ज्योति विकास बैंकको निष्क्रिय कर्जा ७ प्रतिशतभन्दा माथि छ । लुम्बिनीको ७.७८ र ज्योतिको ७.९७ प्रतिशत छ ।

प्रतिसेयर आम्दानीका आधारमा कामना सबैभन्दा अगाडि छ । कामना सेवाको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँ छ । त्यस्तै साइनको १६.६६, गरिमाको १७.६४, मुक्तिनाथको १२.७६, महालक्ष्मीको ९.०८ तथा ज्योतिको ६.४ रुपैयाँ छ । लुम्बिनी विकास बैंकको ९.६२ रुपैयाँ ऋणात्मक छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More