― Advertisement ―

कामदारहरूले गोप्य रूपमा प्रतिबन्धित एआई उपकरणहरू काममा प्रयोग गर्छन् जबकि कम्पनी नीतिहरूले उनीहरूको बढ्दो दैनिक प्रयोगलाई स्पष्ट रूपमा निषेध गर्दछ।

कम्पनीका धेरै कर्मचारीहरूले गोप्य रूपमा उपकरण प्रयोग गर्छन्। प्रतिबन्धहरूकर्मचारीहरूले कहिलेकाहीँ AI प्रयोग लुकाउन आफ्नो व्यक्तिगत यन्त्रहरू प्रयोग गर्छन्ठूला संस्थाहरूले उच्च स्तरको अनाधिकृत AI प्रयोगको...
HomeLatest newsरामेछापमा १७ जनाको उम्मेदवारी दर्ता   – KhabarHost

रामेछापमा १७ जनाको उम्मेदवारी दर्ता   – KhabarHost



६ माघ, काभ्रपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रामेछापमा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार नेपाली काँग्रेसका रामचन्द्र खड्का, नेकपा एमालेका माधब प्रसाद ढुंगेल, नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. कृष्णहरी बुढाथोकी,  राप्रपाबाट गोरे तामाङ, नेमकिपाबाट केशरी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट अर्जुन थापा मगर, उज्यालो नेपालबाट दीप बहादुर योन्जन, श्रम संस्कृति पार्टीबाट ढाल बहादुर खपाङ्गी मगर, नेशलनल रिपब्लिक पार्टीबाट याम बहादुर मोक्तान , प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट विरेन्द्र श्रेष्ठ,  आम जनता पार्टीबाट पदम बहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट बिनोद घिसिङ र नेकपा माओवादीबाट यमुन बहादुर बस्नेतले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै अरुण कार्की, सन्तोष घिमिरे र बाबुकाजी खड्काले  स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

एक निर्वाचन क्षेत्र, २ वटा नगरपालिका र  ६ वटा गाँउपालिका रहेको यस जिल्लामा कुल १,७८,९५२ जनाले  ९६ मतदान स्थल र २२८ मतदान केन्द्र  बाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More