― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest newsरामकुमारी झाँक्री – KhabarHost

रामकुमारी झाँक्री – KhabarHost



२९ कात्तिक, गुल्मी । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन एमालेबाट नै निर्माण भएको उल्लेख गर्दै स्मृतिमा र विमृतिमा सधैं एमालेसँगै रहेको बताएकी छिन् ।

नेकपा एमाले गुल्मीले शनिबार गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले आयोजना गरेको जनसभामा बोल्दै झाँक्रीले विगतका केही वर्षहरूमा भन्दै आफ्नो मन्तव्य सुरु गरेकी थिइन् ।

उनले पछिल्लो समय उठाइएका जेनजी विद्रोह सम्बन्धी मुद्दाहरूलाई स्पष्ट गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरिन् । झाँक्रीले जेनजी विद्रोहको नाममा भुलभुलैयामा नपर्न आग्रह गरिन् ।

‘हामी जेनजीका जायज मागका पक्षमा छौँ, तर जेनजी नाममा भएको सार्वजनिक सम्पत्तिको क्षति र सार्वभौम सत्तामाथि भएको अपराध क्षम्य कुनै नेपालीले गर्न सक्दैन,’ उनले भनिन् ।

उनले नागरिक जीवन मजबुत बनाउन घर–घरमा रहेका जेनजी पुस्तासँग संवाद र बुझाइ आवश्यक रहेको उल्लेख गरिन् । उनले थपिन्, ‘जेनजीले सार्वजनिक सम्पत्ति क्षति गर्दैनन्, तर केही समूहले विद्रोहको नाममा देशभर भएको विध्वंस अपराधिक क्रियाकलाप हो ।’

कार्यक्रममा झांक्रीले संविधान र सार्वभौमसत्ताको रक्षा गर्नु एमालेको प्रमुख दायित्व भएको बताइन् । संविधानको रक्षा र राष्ट्रिय सार्वभौमसत्ता जोगाउने काम एमालेले गर्ने उनको तर्क छ ।

‘पछिल्ला दिनहरूमा सिंहदरबार, संसद्देखि अदालतसम्म राष्ट्रिय झण्डा बोकेर हिंसात्मक गतिविधि गर्नेहरूलाई नेपाली समाजले गम्भीर रूपमा प्रश्न गर्नुपर्ने बताइन ।’ ‘हामीले कस्तो समाज बनायौँ ? घाँटीमा राष्ट्रिय झण्डा बाँधेरै दनदनी आगो लगाउनेलाई नेपाली भन्न सकिन्छ ?,’ उनले भनिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More