― Advertisement ―

माइक्रोसफ्टले 50 मिलियन भन्दा बढी एन्ड्रोइड प्रयोगकर्ताहरूलाई पर्दाफास भएको चिन्ताजनक सुरक्षा त्रुटिलाई चेतावनी दिन्छ, भन्छ ‘प्रयोगकर्ता प्रमाणहरू र वित्तीय डेटा जोखिममा परेको थियो’

MicroageLablaw Effecting millionsf. यन्त्रहरूअसुरक्षाले एपहरूलाई स्यान्डबक्सलाई बाइपास गर्न र निजी डेटा पहुँच गर्न दिन्छकम्तीमा 30 मिलियन स्थापनाहरू क्रिप्टो एपहरू थिए, v5.2.1 मा प्याच गरिएका...
HomeLatest newsराफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम – KhabarHost

राफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लालोम विधा सोमबार सम्पन्न भयो।
  • राफ्ट स्लोलाम विधाको फाइनलमा नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) ले १७२.३८ सेकेन्डमा ३०० पूर्णांकसहित पहिलो स्थान हासिल गर्‍यो।
  • प्रतियोगितामा १२ व्यावसायिक टोलीले भाग लिएका थिए र ओभरअल फाइनल मंगलबार हुने आयोजकले जनाएको छ।

१९ माघ, काठमाडौं । नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा सोमबार सम्पन्न राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लोलाम विधातर्फ नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) प्रथम भएको छ ।

राफ्ट स्लालोम विधाको फाइनलमा बिब नम्बर १०८ को टोलीले १७२.३८ सेकेन्डको उत्कृष्ट समय निकाल्दै ३०० पूर्णांकका साथ पहिलो स्थान हासिल गरेको हो ।

प्रतियोगितामा १७५.८५ सेकेन्डको समयसहित प्याडल नेपाल ‘बी’ दोस्रो र १८४.७९ सेकेन्डमा दूरी पार गर्दै भोटेकोशी एड्भेन्चर क्लब ‘ए’ तेस्रो हुन सफल भए । दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २७६ र २५८ अंक प्राप्त गरेका छन् ।

कुल १२ वटा व्यावसायिक टोलीहरूले प्रतिस्पर्धा गरेको यस च्याम्पियनसिपमा र्‍याफ्टिङ एड्भेन्चर नेपाल चौथो र नेपाल कायक क्लब पाँचौं स्थानमा रहे ।

प्रतियोगिताको सम्पूर्ण विधाको ओभरअल फाइनल मंगलबार हुने आयोजकले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More