― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsराजन र पूर्णलक्ष्मीले जिते एफक्यान रोड रेसको उपाधि

राजन र पूर्णलक्ष्मीले जिते एफक्यान रोड रेसको उपाधि


राष्ट्रिय

समाचार.

  • नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा एफक्यान रोड रेस आयोजना गरेको थियो।
  • पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय र महिला खुल्ला १० किलोमिटरतर्फ पूर्णलक्ष्मी न्यौपानेले उपाधि जितेका छन्।
  • प्रतियोगितामा जापान, चीन र इटलीका खेलाडीसहित ४७१ जनाको सहभागिता रहेको थियो र मंसिर २२ गते रक्तदान कार्यक्रम आयोजना गरिनेछ।

२० मंसिर, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको एफक्यान रोड रेसको उपाधि राजन रोकाय र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।

शनिवार भएको रेसमा पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलो भए । आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो र सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका छन् ।

यसैगरी महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए । पुरुष र महिला दुवैतर्फ विजेताले नगद २५ हजार प्राप्त गरे भने दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद प्राप्त गरेका छन् ।

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । कर्पोरेटतर्फ महिला ५ किलोमिटरमा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यस विधातर्फ पुरुष र महिला दुवैको शीर्ष तीनमा रहनेले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।

भेट्रान्स तर्फ पुरुष ५ किलोमिटरमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भेट्रान्सतर्फ महिला ५ किलोमिटरमा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भए । यस विधातर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।

विद्यार्थी (छात्र) तर्फ ५ किलोमिटरमा हस्तबहादुर सुनार, अजय वि.के र रञ्जित राउत क्रमश: पहिलो, दोस्रो र तेस्रो भए । छात्रातर्फ ५ किलोमिटरमा भगवती खड्का, शर्मिल वि.के र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यसविधा तर्फका विजेता छात्र र छात्राले पनि क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।

१० किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुन: महासंघ सचिवालय फर्केर टुङ्गिएको थियो ।

५ किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भएको थियो ।

यसअघि महासंघ सचिवालयमा एफक्यान रोड रोस—२०८२ को उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले गरेका थिए ।

विजयी खेलाडीहरूलाई सचिव शर्मा सहित, महासंघका अध्यक्ष रवि सिंह, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे सहित महासंघका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगिताका संयोजक समेत रहेका महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेका अनुसार एफक्यान रोड रोस—२०८२ मा जापान, चीन र इटलीका खेलाडीहरूको समेत गरी कुल ४ सय ७१ जनाको सहभागिता रहेको थियो ।

हिमालय रनिङ क्लब टेक्निकल पार्टनर रहेको एफक्यान रोड रोस—२०८२ मा एभरेष्ट अस्पताल हस्पिटल पाटर्नर र हिमालय एभरेष्ट इन्स्युरेन्स कम्पनी इन्युरेन्स पार्टनर रहेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा मंसिर २२ गते बिहान प्रभातफेरि तथा महासंघ सचिवालयमा रक्तदान कार्यक्रम सहित अन्य विविध सामाजिक कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ ।





Read More