― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsराजनीतिक पहुँचमा लाभ लिनेहरू अनुसन्धानको घेरामा – KhabarHost

राजनीतिक पहुँचमा लाभ लिनेहरू अनुसन्धानको घेरामा – KhabarHost



२३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दरबारमार्गस्थित नेपाल ट्रस्टको दुई रोपनी जग्गा लिजमा दिइएको घटनाको छानबिनमा प्रवेश गरेको छ । त्यस क्रममा शनिबार अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्की पक्राउ परे ।

अहिले खासै चर्चामा नभएको, बढीमा सचिव तहको निर्णयबाट टुंगिएको र निर्णय प्रक्रियामा राजनीतिक व्यक्तिहरूको संलग्न नभएको विषयमा सीआईबी प्रवेश गर्न खोजेको छ ।

निर्णय प्रक्रियामा उच्चपदस्थहरूको प्रत्यक्ष संलग्नता नदेखिएको घटनामा किन सीआईबीले एकाएक हात हालेको हो ?

यो ब्रिफिङ नेपाल ट्रस्ट–थामसेर्कु लिज अनियमितता, एक दशकसम्म त्यसलाई लुकाउन गरिएको क्रियाकलापका विषयमा केन्द्रित छ । सीआईबीको दाबीमा, निर्णयमा संलग्न व्यक्तिहरू र उनीहरूको राजनीतिक पहुँचबारे पनि अनुसन्धान भइरहेको छ । त्यो कति सहज छ ?

लिज सम्झौतामै अनियमितता

नेपाल ट्रस्टले साउन, २०७१ मा जग्गा लिजमा दिने योजना बनाएको देखिन्छ । त्यतिबेला छ वटा कम्पनीहरूले प्राविधिक एवं आर्थिक प्रस्ताव पेश गरेका थिए । नेपाल ट्रस्टले तत्काल कुनै निर्णय नगरी फाइल थन्क्यायो । छ महिनासम्म त्यससम्बन्धी फाइल नै खोलेर टेण्डर आह्वान गरेपछि कुनै निर्णय नगरी फाइल थन्क्याएर राख्नुलाई कतिपयले स्वाभाविक मानेका थिएनन् ।

त्यतिबेला नेपाल ट्रस्टमा अर्जुनबहादुर कार्की सचिव थिए । र, उनले चतुर्‍याईपूर्वक सहसचिव लेखबहादुर कार्कीलाई आफ्नो ‘अधिकार हस्तान्तरण’ गरेका थिए ।

प्रतिस्पर्धामा रहेकोमध्ये थामसेर्कु डेभलपर्सले ३ वर्षमा भवन बनाउने र बाँकी २७ वर्षमा ६ अर्ब २६ करोड ३१ लाख रुपैयाँ नेपाल ट्रस्टलाई बुझाउने भनी प्रस्ताव गरेको थियो । भवन निर्माण गर्दा करिब १९ करोड रुपैयाँ खर्च हुन्थ्यो ।

अरू प्रतिस्पर्धीले कम रकम प्रस्ताव गरेको थाहा पाएपछि थामसेर्कुले चलाखी गर्‍यो । उसले कुल रकम ६ अर्ब २६ करोड रुपैयाँ होइन कि दर जोडेर हिसाब निकाल्यो अनि एक अर्ब ३० करोड रुपैयाँमा मात्रै सम्झौता गर्नसक्ने जिकिर गर्‍यो ।

नेपाल ट्रस्टले त्यही शर्त मानेका कारण ३० वर्षको अवधिमा उसलाई साढे पाँच अर्ब रुपैयाँ घाटा लाग्ने देखिन्छ । वार्षिक रूपमा हिसाब गर्दा त्यो रकम करिब १८ करोड हाराहारी हो ।

त्यतिबेला नै लिज अनियमितताका विभिन्न प्रमाणहरू सतहमा आएका थिए । निर्माण अवधि सहित ३० वर्षका लागि लिज दिने भनेकोमा निर्माण अवधि बाहेक थपेर ३ वर्ष अबधि लम्ब्याइएको थियो ।

भुइँतला बाहेक तीन तला निर्माणको अनुमति भएकोमा थामसेर्कुले थप एक तला बढाएर भवन निर्माण गर्‍यो र भाडा उठाउन थाल्यो । सीआईबीले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा त एउटा कित्तामात्रै जग्गा लिने भनेकोमा अर्को पनि लिएर उपयोग गरिरहेको उल्लेख छ ।

थामसेर्कु ट्रेकिङ प्रा.लि.का अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले एक विज्ञप्ति जारी गरी जग्गा लिज लिँदा कुनै अनियमितता नभएको बताएका छन् । प्रक्रियासम्मत रूपमा लिज सम्झौता भएको र अख्तियारले पनि भ्रष्टाचार नभएको भनी फाइल तामेलीमा राखेको विषय पटकपटक उठाइएको भन्दै उनले सम्झौता अनुसार नियमित रूपमा रकम भुक्तानी गरिरहेको दाबी गरेका हुन् ।

हेरौं, उनको वक्तव्य

बेथितिबारे दशकसम्म गुपचुप

नेपाल ट्रस्टको जग्गा अनियमिततावारे त्यतिबेला अख्तियारमा उजुरी नपरेको होइन । तर, अख्तियारका प्रमुख आयुक्त नविनकुमार घिमिरेको जोडबलमा प्रारम्भिक अनुसन्धानपछि फाइल थन्क्याएर राखियो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको विशेष सम्बन्ध भएका घिमिरेले ओलीलाई अप्ठेरो पर्ने कुनै निर्णय गरेनन् । त्यतिबेला उपसचिव बाबुराम खतिवडाले अनुसन्धान गरेका कयौं विवादास्पद फाइल तामेलीमा पठाएका थिए । अख्तियारले नेपाल ट्रस्टको कार्यालयमा चिठी काटेर ‘केही सुझाव’ पठाएको थियो ।

अख्तियारले अनुसन्धानको दायरामा आएका सार्वजनिक पदाधिकारी बाहेक अरूलाई जानकारी दिने अभ्यास छैन । त्यतिबेला उसले थामसेर्कुलाई फाइल तामेलीमा पठाएको विवरण उल्लेख गरेर पत्र पठाएको थियो ।

नेपाल ट्रस्टबाट विवादास्पद निर्णय हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली कि सरकारमा थिए कि शक्तिशाली रूपमा राजनीतिक मियोको वरीपरि रहेका थिए । त्यस्तोमा उनले संरक्षण गरेका व्यक्तिहरू संलग्न भएको बेथितिमाथि अनुसन्धान हुने कुरै थिएन ।

राजनीतिक संरक्षणमा दिलाइएको लाभ

जेन–जी आन्दोलनको बलमा गठन भएको सरकारले दुई महिना बित्दा पनि भ्रष्टाचार र अनियमिततामा कुनै काम हुन नसकेको भनी आलोचना भएको पृष्ठभूमिमा सीआईबीले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा हात हालेको हो । सीआईबीले ठगी र त्यसका आधारमा प्राप्त लाभबारे अनुसन्धान अघि बढेको जनाएको छ ।

नेपाल ट्रस्टको जग्गा प्रकरणको निर्णयमा मात्रै केन्द्रित हुने हो भने सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, केही उपसचिव र अधिकृतहरू संलग्न देखिन्छन् । तर, सहसचिव कार्कीलाई जिम्मेवारी दिएको भन्ने आधारमा मात्रै अर्जुनबहादुर उम्किने ठाउँ छैन । किनभने उनले पनि नियम मिचेर अधिकार हस्तान्तरण गरेको भेटिएको छ । लाभ पाएको आरोपमा यति समूहको थामसेर्कुका सञ्चालक सोनाम शेर्पा पनि लेखबहादुर झैं अनुसन्धानमा तानिने सम्भावना छ ।

तल्लो तहका कर्मचारीहरू मात्रै अनुसन्धानमा तानिने थामसेर्कुको जग्गा लिज प्रकरणमा सीआईबीले किन हात हाल्यो भन्ने प्रश्न स्वतः आउँछ । सीआईबी सम्बद्ध स्रोतका अनुसार, ‘थामसेर्कुको अनुकूल हुने निर्णयपछि राजनीतिक तहमा रहेकाहरूले लाभ लिएको कारोबार भेटिएको छ ।’

‘निर्णयमा अनियमितता त देखिन्छ नै, हदै भए सचिवसम्मको निर्णयले राज्यकोषमा नोक्सान भई ठेक्का पाउनेलाई लाभ मिलेको हो’ सीआईबीसम्बद्ध स्रोतले भन्यो, ‘निर्णय प्रक्रियामा प्रभावित पार्नेहरू र तिनको राजनीतिक संरक्षणमा रहेकाहरूले आपराधिक लाभ पाएको भेटिएकाले हामी अघि बढेको हो ।’

तर सीआईबीका अधिकारीहरू राजनीतिक तहका व्यक्ति को हुन् र कसरी लाभ लिए भन्ने अहिल्यै खुलाउन चाहँदैनन् । नेपाल ट्रस्टले गरेको निर्णयका बेला मुलुकको राजनीतिक नेतृत्वमा बसेकाहरूको विवरण केलाउँदा प्रमुख तीन दलका शीर्ष नेताहरू त्यतिबेला पालैपालो सत्तामा रहेको देखिन्छ ।

नेपाल ट्रस्टले साउन, २०७३ मा बोलपत्र प्रस्तावका लागि १५ दिने सूचना निकाल्यो । त्यतिबेला केपी ओली प्रधानमन्त्री र शक्तिबहादुर बस्नेत गृहमन्त्री थिए । छ महिनापछि टेण्डर स्विकृत गर्दा पुष्पकमल दाहाल प्रधानमन्त्री र विमलेन्द्र निधि गृहमन्त्री थिए ।

माघ, २०७४ मा नेपाल ट्रस्टकै अर्को जग्गा लिजको दिने निर्णयमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । र, उनैले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । नेपाल ट्रस्टको सञ्चालक समितिमा गृहमन्त्री रहने कानुनी व्यवस्था केही वर्षअघि परिमार्जन भएर प्रधानमन्त्रीले तोकेको मन्त्री रहने व्यवस्था गरिएको छ ।

निर्णय प्रक्रियामा उनीहरू प्रत्यक्ष संलग्न देखिँदैनन् । तर प्रधानमन्त्री संरक्षक रहने नेपाल ट्रस्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष मातहत रहेको निकाय हो ।

सीआईबी सम्बद्ध स्रोतले कुन नेता वा उनका आफन्तलाई संकेत गर्दै ‘ठगी र आपराधिक लाभ’को प्रमाण सहित अनुसन्धान अघि बढाएको दाबी हो ? कम्तीमा एक साताभित्र त्यसको प्रारम्भिक संकेत सार्वजनिक हुने देखिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More