― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsराखेपका बोर्ड सदस्य धमला बेलायतमा सम्मानित – KhabarHost

राखेपका बोर्ड सदस्य धमला बेलायतमा सम्मानित – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोका पूर्व अध्यक्ष अञ्जन धमलालाई बेलायतको एसीई तेक्वान्दोले सम्मान गरेको छ।
  • एसीईले धमलालाई खेलको विकास र प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो।
  • धमला साउथ एसियन तेक्वान्दो महासंघका उपाध्यक्ष र एसियन तेक्वान्दो महासंघका कार्यसमिति सदस्य समेत छन्।

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोका महासंघ (एनआईटीएफ) का पूर्व अध्यक्ष अञ्जन धमला सम्मानित भएका छन् ।

बेलायतको प्रतिष्ठित तेक्वान्दो एकेडेमी अथेन्टिक सेन्ट्रेस फर एक्सिलेन्सी अफ तेक्वान्दो (एसीई) ले धमलालाई बेलायत भ्रमणको दौरान सम्मान गरेको हो ।

उक्त खेलको विकास र प्रवद्र्धनमा महत्वपुर्ण योगदान पुुर्याएको भन्दै एकेडेमीले धमलालाई सम्मान गरेको हो । धमलाको निरन्तरको प्रयास र उपलब्धिले खेलाडीहरुलाई प्रेरित गर्न तथा राष्ट्रिय स्तरमा तेक्वान्दोको आधार बलियो बनाउन भूूमिका खेलेको एसीई तेक्वान्दोले जनाएको छ ।

एसीईका संस्थापक एवंम अध्यक्ष ग्रान्ड मास्टर पाउल कटलरले धमलालाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । उनी हाल साउथ एसियन तेक्वान्दो महासंघको उपाध्यक्ष र एसियन तेक्वान्दो महासंघको कार्यसमिति सदस्यको जिम्मेवारीमा छन् ।

तेक्वान्दोका छैटौं डान धमला अन्तराष्ट्रिय रेफ्रीको रुपमा समेत सक्रिय छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More