― Advertisement ―

RTX 5090s र अन्य उच्च-सक्षम ग्राफिक्स कार्डहरूले केबल पिघ्ने समस्याहरूको जोखिम बोक्न सक्छ – तर Asus ले यो समस्या समाधान गरेको छ भन्ने लाग्छ।

Asus ले घोषणा गरेको छ RO6x21 power केबलकेबलले RTX 5090 जस्ता उच्च-शक्तियुक्त GPU सँग पग्लने समस्याहरू समाधान गर्ने लक्ष्य राख्दछयो अन्य निर्माताहरूबाट सबै PCIe...
HomeLatest newsराउफलाई दुई खेलको प्रतिबन्ध, सूर्यकुमारलाई जरिवाना

राउफलाई दुई खेलको प्रतिबन्ध, सूर्यकुमारलाई जरिवाना


राष्ट्रिय

समाचार.

  • आईसीसीले एसिया कप २०२५ मा आचारसंहिताको उल्लंघन गरेको भन्दै पाकिस्तानका पेस बलर हारिस राउफलाई दुई खेलको प्रतिबन्ध लगाएको छ।
  • राउफले भारतविरुद्धका तीन खेलमा अनुचित हाउभाउ देखाएका कारण चार डिमेरिट पोइन्ट पुगेपछि दुई खेलका लागि निलम्बनमा परेका हुन्।
  • भारतीय कप्तान सूर्यकुमार यादवलाई पनि म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ भने साहिबजादा फर्हानलाई चेतावनी र एक डिमेरिट पोइन्ट दिइएको छ।

१८ कात्तिक, काठमाडौं । पाकिस्तानका पेस बलर हारिस राउफलाई एसिया कप २०२५ का क्रममा आचारसंहिताको उल्लंघन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई खेलको प्रतिबन्ध लगाएको छ।

आईसीसीका अनुसार राउफले गएको २४ महिनामा चार डिमेरिट पोइन्ट पाएका छन्। यी अंक भारतविरुद्धका तीन खेल (सेप्टेम्बर १४, २१ र २८) मा भएका घटनाहरूका कारण थपिएका हुन्।

सेप्टेम्बर १४ को खेलमा राउफले भारतीय समर्थकतर्फ अनुचित हाउभाउ देखाएका थिए, जसलाई भारतको सैनिक कार्यवाहीको व्यंग्यको रूपमा लिइएको थियो।

आईसीसी म्याच रेफ्री रिची रिचर्डसनले गरेको सुनुवाइपछि राउफलाई म्याच फीको ३० प्रतिशत जरिवाना र थप दुई डिमेरिट पोइन्ट दिइएको हो। चार डिमेरिट पोइन्ट पुगेपछि उनी स्वतः दुई खेलका लागि निलम्बनमा परेका हुन्।

यस कारण अब राउफले नोभेम्बर ४ र ६ मा दक्षिण अफ्रिकाविरुद्ध हुने एकदिवसीय खेल गुमाउनेछन्।

त्यसै खेलमा भारतीय कप्तान सूर्यकुमार यादवलाई पनि यस्तै कारणले म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ।

पाकिस्तानका ओपनर साहिबजादा फर्हानले अर्धशतक मनाउँदा बन्दुक चलाउने शैलीमा उत्सव मनाएको कारण उनलाई चेतावनी र एक डिमेरिट पोइन्ट दिइएको छ।





Read More