― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsरहर र चना दालको भाउ घट्यो, किलोको कति ? – KhabarHost

रहर र चना दालको भाउ घट्यो, किलोको कति ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्थानीय बजारमा रहर दाल र चना दालको भाउ १५ दिनमा प्रतिकिलो ५ रुपैयाँले घटेर क्रमशः २०० र १६५ रुपैयाँमा आएको छ।
  • मुसुर दाल, गेडा मुगी, छाटा मुगी र मास दालको मूल्य स्थिर रहेको नेपाल खुद्रा व्यपार संघले जनाएको छ।
  • नेपालमा दालको स्वदेशी उत्पादन नगन्य भएकाले भारत लगायत देशबाट आयात हुँदै आएको छ।

४ पुस, काठमाडौं । स्थानीय बजारमा रहर दाल र चना दालको भाउ घटेको छ ।

नेपाल खुद्रा व्यपार संघले उपलब्ध गराएको १५ दिनको तथ्यांकले यी दालको भाउ घटेको देखाएको हो ।

१५ दिनअघिको तुलनामा रहर दाल र चना दाल प्रतिकिलो ५ रुपैयाँले घटेको छ ।

१५ मंसिरको तथ्यांक अनुसार रहर दाल २ सय ५ रुपैयाँमा किनबेच भइरहेको थियो । १ पुसमा आउँदा प्रतिकिलो ५ रुपैयाँ घटेर २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै १५ दिनअघि चना दालको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ थियो । अहिले भने चना दाल प्रतिकिलो १ सय ६५ रुपैयाँमा कायम छ ।

मुसुर दालको भाउ भने स्थिर छ । बजारमा मुसुर दाल एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको किन्न पाइन्छ ।

मुसुर दाल एक नम्बर प्रतिकिलो १ सय ८० र २ नम्बर १ सय ५० रुपैयाँमा कायम छ ।

त्यस्तै, गेडा मुगी र छाटा मुगीको मूल्य पनि स्थिर छ।

अहिले बजारमा गेडा मुगी प्रतिकिलो १ सय ९० र छाटा मुगी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै मास दाल २ नम्बर १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

दालको स्वदेशी उत्पादन नगन्य मात्रामा हुँदा भारत लगायत देशबाट आयात हुँदै आएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More