― Advertisement ―

27 सुन्दर बेज-प्रेरित गृह कार्यालयले तपाईंको शान्त, तटस्थ कार्यस्थान सिर्जना गर्न खोज्छ

शैम्पेन बेजदेखि स्टोन ओटसम्म, यो कार्यालयको फर्निचर, डेस्क र अत्यावश्यक सामानहरू बनाउनका लागि आवश्यक छ। थप पढ्नुहोस्
Homeराष्ट्रिय समाचाररञ्जु दर्शना – KhabarHost

रञ्जु दर्शना – KhabarHost



१९ कात्तिक, काठमाडौं । फरक फरक क्षेत्रमा आवद्ध एवं राजनीतिमा क्रियाशीलहरू जोडिएर नयाँ दल गठनको तयारी गरिएको विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनाले बताएकी छिन् ।

समाजमा प्रतिष्ठा कायम गरेका व्यक्तिहरुलाई जोडेर नयाँ दल गठन गर्ने छलफल भइरहेको दर्शनाले जानकारी गराइन् ।

ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपाको पूर्व नेतासुमना श्रेष्ठसहित मिलेर नयाँ दल गठन गर्ने तयारी भएको उनले बताइन् ।

केन्द्रीय कमिटीको आकार र को को रहने विषय छलफलकै क्रममा रहेको उनले बताइन् । दर्शनाका अनुसार, २१ वा ३१ जनाको केन्द्रीय समिति बनाउने प्रस्तावहरू आएका छन् । उनले भनिन्, ‘पार्टीका नाम यकीन भएको छैन । हामी छलफल गर्दैछौं ।’

उनका अनुसार साझा विवेकशीलका नेता एवं शुभेच्छुकलाई नयाँ दलमा सम्मिलित गर्ने गरी संवाद भइरहेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More