― Advertisement ―

Amazon को २०२६ को मध्य-वर्ष भर्खरै सुरु भएको छ — यो EOFY किनमेल एक्स्ट्रावागान्जाको पहिलो दिनमा किनमेल गर्नका लागि यी उत्कृष्ट ७५+ डिलहरू हुन्।

ताजा गर्नुहोस् 2026-06-01T04:31:52.804Z आफ्नो घरमा AU$50 भन्दा कममा स्मार्टहरू थप्नुहोस् style="max-width:2000px;"> <source type="image/webp" srcset="https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-1200-80.jpg.webp 1200w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-1024-80.jpg.webp 1024w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq9p00p0ACBUZ-1024w 970w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-650-80.jpg.webp 650w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-650w 480w, https://cdn.mos.cms.futurecdn.net/5aGu7Mqrgw62kyDq5ACBUZ-320-80.jpg.webp 320w"...
Homeविजनेसयो साता ३.८ प्रतिशत बढ्यो सेयर बजार, यी हुन् मूल्य धेरै बढेका...

यो साता ३.८ प्रतिशत बढ्यो सेयर बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी


News Summary

Generated by OK AI. Editorially reviewed.

  • यो साता सेयर बजार नेप्से परिसूचक ३.८७ प्रतिशत अर्थात् ९७ अंक बढेर २५०३ बाट २६०० अंकमा पुगेको छ।
  • हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.३४ प्रतिशत बढेको छ, जसको कारण बैंकहरुको घट्दो ब्याजदरले वित्तीय लागत कम हुनु हो।
  • एसवाई प्यानलको आईपीओ बुधबारदेखि खुल्नेछ र आवेदन २३ गतेसम्म दिन सकिनेछ, हाल कुनै हकप्रद सेयर खुला छैन।

१४ कात्तिक, काठमाडौं । यो साता सेयर बजार ३.८७ प्रतिशत अर्थात् ९७ अंक बढेको छ ।

तिहारअघि अर्थात् अघिल्लो साता २५०३ अंकमा बन्द भएको बजार यो साता २६०० अंकमा पुगेको छ । यो साता छठका कारण सोमबार सार्वजनिक विदा परेसँगै ४ दिन कारोबार भयो ।

पहिलो दिन आइतबार ५.१९ अंक बढेको बजार मंगलबार ६२.२९ अंक बढ्यो । बुधबार ५.१८ अंक घटे पनि बिहीबार फेरि ३४.२२ अंक बढ्यो । बजारको परिसूचक नेप्सेमा सुधार देखिँदा कारोबार रकम पनि बढ्दै गएको छ ।

आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ५७ करोड, बुधबार ५ अर्ब ४५ करोड र बिहीबार ७ अर्ब ५१ करोडको कारोबार भयो । यो साता बजारमा सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर, जीवन बीमा र होटल तथा पर्यटन समूह ५ प्रतिशतभन्दा धेरै बढे ।

किन बढ्यो हाइड्रोपावरमा लगानीकर्ताको विश्वास ?

हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.३४ प्रतिशत बढ्यो । हाइड्रोपावर समूहमा यो साता लगानीकर्ताको विश्वास बढेको छ । सो समूह सबैभन्दा धेरै बढ्यो । यस समूहमा ९४ कम्पनी सूचीकृत छन् ।

बैंकहरुको घट्दो ब्याजदरका कारण यस सेक्टरका कम्पनीको वित्तीय लागत अत्याधिक घटेको छ, जसले कम्पनीको नाफामा सिधा प्रभाव पर्दै आएको छ । कम्पनीहरुले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने बेला भएको छ ।

कात्तिक मसान्तभित्र वित्तीय विवरण सार्वजनिक हुन्छ । बर्खाको समयका कारण यो त्रैमासमा यी सेक्टरका कम्पनीको विद्युत् बिक्री आम्दानी पनि उच्च हुने र अर्कोतर्फ ब्याज लागत पनि घट्ने भएकाले नाफामा उल्लेख्य प्रगति देखिने सम्भावना छ ।

जसले गर्दा लगानीकर्तामाझ यो समूहप्रति आकर्षण बढेको हो । हाइड्रोपावर कम्पनीको आम्दानीमा अर्को सहजता भनेको आम्दानी भइसकेको रकम नउठ्ने जोखिम हुँदैन।

आईपीओ तथा हकप्रद सेयर खुलेका छन् ?

यतिबेला कुनै पनि कम्पनीको आईपीओ खुलेको छ । आम सर्वसाधारणका लागि बुधबारदेखि एसवाई प्यानलको आईपीओ खुल्नेछ । यो कम्पनीको आईपीओमा २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका नेपाली तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।

यतिबेला कुनै पनि कम्पनीको हकप्रद सेयर तथा थप सार्वजनिक निष्कासन (एफपीओ) खुला छैन ।

विश्वका ठूला बजार उकालोतिरै

विश्वका ठूला स्टक मार्केट उकालो लागेका छन् । अमेरिका र चीनबीच व्यापारिक सहकार्य भएसँगै विश्वका ठूला बजार उकालो लागेका हुन् । जपानको बजार सबैभन्दा तीव्र गतिमा बढेको छ । जापानको निक्की २२५ इन्डेक्स यो साता ५.०२ प्रतिशत बढेको छ भने विगत एक महिनामा १६.६४ प्रतिशत बढेको छ ।

अमेरिकाको नास्दाक कम्पोजिट इन्डेक्स यो साता १.८९ प्रतिशत बढ्यो भने विगत एक महिनामा ४.०७ प्रतिशत बढेको छ । त्यस्तै ठूला कम्पनीको सूचक एस एण्ड पी ५०० यो साता ०.७४ प्रतिशत बढ्यो भने एक महिनामा २ प्रतिशत बढेको छ ।

त्यस्तै चीनको सांघाई कम्पोजिट इन्डेक्स विगत एक महिनामा १.८५ प्रतिशत बढेको छ । यद्यपि यो साता यो सूचक ०.३६ प्रतिशत घटेको छ ।

बेलायतको एफटीएसई २५० इन्डेक्स एक महिनामा १.०६ प्रतिशत बढेको छ । यद्यपि यो साता १.२४ प्रतिशत घटेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.८७ प्रतिशत घट्यो भने विगत एक महिनामा ४.५७ प्रतिशत बढेकोछ ।





Read More