― Advertisement ―

यस शक्तिशाली Asus TUF F16 गेमिङ ल्यापटपलाई RTX 4050 को साथ $1,000 मुनि Amazon मा लिनुहोस्।

यदि तपाईं चालमा खेल्न इच्छुक हुनुहुन्छ तर कडा बजेटसँग व्यवहार गर्दै हुनुहुन्छ भने, तपाईं भाग्यमानी हुनुहुन्छ। अहिले, तपाईं Asus TUF F16 गेमिङ ल्यापटप Amazon...
HomeLatest newsयुवाहरूलाई नेतृत्वमा ल्याउनैपर्ने दबाबमा एमाले – KhabarHost

युवाहरूलाई नेतृत्वमा ल्याउनैपर्ने दबाबमा एमाले – KhabarHost


राष्ट्रिय

समाचार.

  • एमालेले ४० वर्ष मुनिका युवालाई महाधिवेशन प्रतिनिधि बनाएर केन्द्रीय समितिमा युवा क्लस्टर राख्ने तयारी गरिरहेको छ।
  • एमालेको विधान अनुसार २५१ सदस्यीय केन्द्रीय समितिमा कम्तीमा १० देखि १५ प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ।
  • एमाले नेताहरूले पार्टी युवा विरोधी नभएको र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित भइरहेको बताएका छन्।

२१ मंसिर, काठमाडौं । महाधिवेशनको चटारोले छपक्कै छोपेको एमाले मुख्यालय च्यासलमा आइतबार दिउँसो नेता/कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।

मूल गेट छेउमा एक हुल युवा नेताहरू गफिँदै थिए- ‘हामीले हिजो अनेरास्ववियुको केन्द्रीय समितिमा अयोग्य भनेकाहरू अहिले सार्वजनिक मञ्च र मेन स्ट्रिम मिडियामा छाइरहेका छन् ।’

हामीले सोध्यौं– कसको कुरा गर्नुभएको ? उनीहरूले नाम लिएनन् । एक टेलिभिजन च्यानलमा प्रशारित कार्यक्रम हेर्न सुझाए । उक्त कार्यक्रममा अतिथिका रूपमा रहेका चार जनामध्ये एक थिइन्– जस्मिन ओझा ।

ओझा पहिले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा थिइन् । अनेरास्ववियुको केन्द्रीय समितिमा आकांक्षा राखेतापनि जिम्मेवारी पाउन सकेकी थिइनन् । जेनजी मुभमेन्टमा संलग्न उनी हाल जनादेश पार्टी खोलेर अगाडि बढेकी छन् । रमणकुमार कर्ण संयोजकत्वको जनादेश पार्टीको नेतृत्व तहमा ओझा छिन् ।

‘हामी यहाँ केन्द्रीय सदस्य हुने भागीरथ प्रयासमा छौं । उता हिजो हामीले रोकेकाहरू अहिले हामीसँग मञ्च सेयर गर्न मान्दैनन् कि जस्तो भइसक्यो,’ एक नेताले भने ।

अर्थात्, पार्टीमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्नेमा सबै सहमत छन् । यसअनुसारको गतिविधि गर्दा महाधिवेशन प्रतिनिधिमा युवाहरूको उपस्थिति बढाउन सकेका छन् ।

खडा गरिँदै युवा क्लस्टर

एमालेले केन्द्रीय कमिटीमा युवा समेट्न क्लस्टर खडा गर्दैछ । ४० वर्ष मुनिका युवालाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरेर ल्याइसकेपछि केन्द्रीय कमिटीमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न महाधिवेशनको हलबाटै युवा क्लस्टर राख्ने निर्णय लिने तयारी छ ।

केन्द्रीय समितिमा युवा क्लस्टर राख्ने निर्णयमा पार्टीलाई पुर्‍याउन सफल हुनुलाई ठूलो उपलब्धीको रूपमा लिन्छन् नेता आरसी लामिछाने ।

लामो समयसम्म विद्यार्थी राजनीतिमा संलग्न रहेका गोरखा आरुघाटका लामिछाने अनेरास्ववियुको वरिष्ठ उपाध्यक्षसम्म भए । हाल सम्पर्क समन्वय सचिवको जिम्मेवारीमा रहेका उनी यसपटक पार्टीको केन्द्रीय सदस्यका दावेदार हुन् ।

उनी भन्छन्, ‘नयाँ आवाजलाई बुलन्द पार्न सक्ने, जनताको आवाजलाई बोल्न सक्ने, समस्याहरुलाई समाधान गर्न सक्ने, सामर्थ्यवान युवाहरू केन्द्रीय कमिटीमा आउनुपर्छ भन्ने मान्यता आम रूपमा छ ।’

एमालेको महाधिवेशन जेनजी आन्दोलनपछाडि हुन लागेको छ । यसकारण जेनजी पुस्ताको भावना र मर्मको विषय एमालेमा नउठ्ने कुरै भएन ।

तर, युवालाई कसरी नेतृत्वमा पुर्‍याउने त ? युवाहरूको मन कसरी जित्ने ? यिनै प्रश्नको जवाफमा युवाहरूलाई केन्द्रीय समितिमा समेट्दै नेतृत्व विकास गर्ने नीति लिँदैछ ।

भोजपुरकी शशीकला रोका पहिले भन्दा फरक ढंगले युवाको प्रतिनिधित्व हुन लागेको बताउँछिन् । उनी भन्छिन्, ‘नयाँ पुस्ताहरूको आगमन हिजो फरक ढंगले आउँथ्यो, अहिले चाहिँ क्लस्टर नै छुट्याइसकेपछि थप सजिलो ढंगले आउँदैछ ।’

भोजपुरकी रोका हाल कोशी सम्पर्क सचिवालय सदस्यको रूपमा पार्टीका क्रियाशील छन् । उनको विश्वास छ– ‘अब महाधिवेशन मार्फत् औपचारिक ढंगले सम्बोधन गर्दै युवा पुस्तालाई एमालेले असाध्यै राम्रो ढंगले, मजबुत ढंगले यसको सम्बोधन गर्नेछ ।’

एमालेले केन्द्रीय समितिमा युवा क्लस्टर नै खडा गरेर प्रतिनिधित्व गराउँदैछ । तर, कति युवा यो क्लस्टरबाट समेटिँदैछन् ? यसबारे भने अन्योल कायमै छ । नेतृ रोका भन्छिन्, ‘१० देखि १५ प्रतिशतसम्म युवालाई समेट्ने भन्ने छ ।’

विधान महाधिवेशनले तय गरेअनुसार एमालेमा १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । जसअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिवहरू ७ जना रहनेछन् । २५१ सदस्यीय केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व १० प्रतिशत सुनिश्चित भए कम्तीमा २५ जना युवाहरू पुग्नेछन् ।

अब पदाधिकारीतिर नजर

राष्ट्रिय युवा संघ नेपालको प्रवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि निरज पौडेलका अनुसार अब युवाहरूको ध्यान केन्द्रीय समिति भन्दामाथि कसरी पुग्ने र पुर्‍याउने भन्ने छ ।

‘आसन्न महाधिवेशनबाट केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व सुनिश्चित हुने भयो,’ उनी थप्छन्, ‘पदाधिकारीको हकमा विधान हेर्नुपर्छ । किनभने विधानले तल्लो केन्द्रीय कमिटीमा बसेर काम गरिसकेपछि मात्रै पदाधिकारीमा जान पाउने भन्छ ।’

इलाम–१ सूर्योदयका पौडेल महाधिवेशन प्रतिनिधि हुन् । अहिले नै केन्द्रीय कमिटीमा रहेर काम गरिरहेका युवाहरूलाई पदाधिकारीमा लैजान सकिने विकल्प छँदैछ । केही गरेर विधान बाधक भए त्यसलाई समेत संशोधन गरेर जान सकिन्छ ।

नेता पौडेल दृढ छन्, ‘यदि ४० वर्ष मुनिका युवाहरुले आकांक्षामाथि राख्ने हो भने विधान संशोधन गरेर जान सक्ने वातावरण पनि बनाउन सकिन्छ ।’

‘युवा विरोधी होइन एमाले’

नेताहरूका दाबी अनुसार एमाले युवा विरोधी छैन । यो स्थापित गर्ने पार्टीको प्रयास छ ।

एमाले नेतृ शान्तिमाया तामाङ पाख्रिनका अनुसार युवा र एमालेलाई जोडेर गलत भाष्य बनाउन खोज्नेहरू पनि छन् ।

‘गलत भाष्यलाई चिर्ने प्रयास एमालेले गर्दैछ,’ उनी भन्छिन्, ‘एमालेको केन्द्रीय कमिटी नेतृत्व तहकै संरचना हो जहाँ युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित हुँदैछ । यसले पनि देखाउँछ– युवा विरोधी होइन एमाले ।’

पाख्रिन दोलखा जिरी नगरपालिका-९ की हुन् । उनी केन्द्रीय लेखा आयोग सदस्यको जिम्मेवारीमा छिन् । उनका नजरमा एमालेले पहिले देखि नै युवालाई प्राथमिकता दिँदै आएको छ ।

कतिपयले जेनजी आन्दोलनका क्रममा एमालेलाई युवाको भावना विपरीत चल्ने पार्टीको रूपमा चित्रित गरेका थिए । एमालेका महासचिव शंकर पोखरेल लगायतले त्यसबेलै एमाले युवाहरूको पार्टी भएको स्पष्टीकरण नै दिनुपरेको थियो ।

जेनजी आन्दोलनपछि ३० भदौमा पार्टी केन्द्रीय कार्यालय च्यासलको अनुगमनमा पुगेका बेला उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको र जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको बताएका थिए ।

दोलखाकी पाख्रिन पनि एमालेलाई युवाहरूको आकांक्षा पूरा गर्ने पार्टीका रूपमा चिनाउँछिन् ।

‘भदौ २३ र २४ को जेनजी आन्दोलनसँग एमालेले युवालाई प्राथमिकता दिँदै गरेको विषय जोडिँदैन’ पाख्रिनको दलील छ, ‘एमालेले विगतदेखि नै युवालाई प्राथमिकता दिँदै आएको छ । यो अनिवार्य छ र निरन्तर युवाहरू प्राथमिकतामा परिरहन्छन् ।’





Read More