― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsयुवालाई रील बनाउन सिकाउँदै भारत सरकार, १५ हजार स्कुलमा कन्टेन्ट क्रिएसन ल्याब...

युवालाई रील बनाउन सिकाउँदै भारत सरकार, १५ हजार स्कुलमा कन्टेन्ट क्रिएसन ल्याब स्थापना गर्ने



१९ माघ, काठमाडौं । भारत केन्द्र सरकारले युवालाई डिजिटल कन्टेन्ट निर्माण, विशेषगरी रील बनाउने सीप सिकाउन विद्यालय तथा कलेजस्तरमै कन्टेन्ट क्रिएसन ल्याब स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०२६ को बजेट प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सीथारमणले १५ हजार माध्यमिक विद्यालय र ५०० कलेजमा कन्टेन्ट क्रिएटर ल्याब स्थापना गर्ने घोषणा गरेकी हुन् ।

उनका अनुसार मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजीको सहयोगमा देशभरका विद्यालय र कलेजहरुमा कन्टेन्ट क्रिएटर ल्याब सञ्चालन गरिनेछ ।

यी ल्याबमार्फत युवालाई एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स तथा सामाजिक सञ्जालका लागि रील र डिजिटल सामग्री निर्माण गर्न सिकाइने छ ।

भारत सरकारले AVGC  (एनीमेसन, भिजुअल इफेक्ट्स, गेमिङ र कमिक्स) क्षेत्रमा २०३० सम्म २० लाख युवालाई दक्ष बनाउने लक्ष्य लिएको छ ।

साथै, पढाइसँगै कम्पनीमा काम गर्ने अवसर दिने गरी पाँच नयाँ इन्टर्नसिप कार्यक्रम पनि सुरु गरिने बजेटमा उल्लेख छ ।

गेमिङ स्टार्टअपलाई प्रोत्साहन गर्न १० हजार करोड रुपैयाँको कोष स्थापना गरिनेछ, जसबाट १० लाखभन्दा बढीलाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

एआई र डीप–टेक केन्द्रित १० हजार नयाँ फेलोसिप पनि सुरु गरिनेछ ।

यसैगरी, २० प्रमुख पर्यटकीय स्थलमा १२ हप्ताको हाइब्रिड तालिममार्फत १० हजार टुरिस्ट गाइडलाई सीपयुक्त बनाउने लक्ष्य समेत छ । राष्ट्रिय डिजिटल ज्ञान ग्रिड स्थापना गरेर स्थानीय अनुसन्धानकर्ता, इतिहासकार र कन्टेन्ट क्रिएटरका लागि रोजगारीका अवसर सिर्जना गरिने भारतको बजेटमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् – 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More