― Advertisement ―

ईरानले OpenAI, Nvidia, र अन्य टेक दिग्गजहरू द्वारा समर्थित $ 30 बिलियन स्टारगेट एआई डाटा सेन्टरमा बम बनाउने धम्की दिइरहेको छ।

Iran मा डेटा लिँदै छ Iran केन्द्रIRGC ले 'पूर्ण र पूर्ण विनाश' मा संकेत गर्दछ1GW क्षमता मध्य पूर्वमा साइटको लागि योजना बनाईएको छमध्य पूर्वमा...
Homeमनोरन्जनयुट्युबले १२ महिनामा संगीत उद्योगलाई ८ अर्ब डलर भुक्तानी गर्‍यो

युट्युबले १२ महिनामा संगीत उद्योगलाई ८ अर्ब डलर भुक्तानी गर्‍यो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • युट्युबले जुलाई २०२४ देखि जुलाई २०२५ सम्मको १२ महिनामा संगीत उद्योगलाई ८ अर्ब डलरभन्दा बढी भुक्तानी गरेको कम्पनीले घोषणा गरेको छ।
  • युट्युब ग्लोबल हेड अफ म्यूजिक ल्योर कोहेनले भने, “यो संख्या अन्तिम बिन्दु होइन ।”
  • युट्युबले आफ्नो ट्विन-इन्जिन राजस्व मोडेलबाट लाभ मिलिरहेको र विश्वव्यापी रूपमा १२ करोड ५० लाखभन्दा बढी संगीत र प्रिमियम सदस्य रहेको जनाएको छ।

सन फ्रान्सिस्को । युट्युबले जुलाई २०२४ देखि जुलाई २०२५ सम्मको १२ महिनामा संगीत उद्योगलाई ८ अर्ब डलरभन्दा बढी भुक्तानी गरेको कम्पनीले घोषणा गरेको छ ।

‘आजको ८ अर्ब डलरको यो भुक्तानी विज्ञापन र सब्सक्राइबरजस्ता जुम्ल्याहा इन्जिन सबै सिलिन्डरमा सक्रिय छन् भन्ने तथ्यको परीक्षण हुन्’ युट्युब ग्लोबल हेड अफ म्यूजिक ल्योर कोहेनले विज्ञप्तिमा भनेका छन् ।

उनले अघि भनेका छन्, ‘यो संख्या अन्तिम बिन्दु होइन । यसले विश्वव्यापी मञ्चमा प्रत्येक कलाकार, गीतकार र निर्माताको लागि दीर्घकालीन घर निर्माण गर्ने हाम्रो यात्रामा अर्थपूर्ण, दिगो प्रगतिलाई प्रतिनिधित्व गर्दछ ।’

कोहेनले पहिलो पटक बुधबार बिलबोर्ड ल्याटिन संगीत हप्तामा एक भाषणको क्रममा यो कोसेढुङ्गाको घोषणा गरेका थिए ।

भुक्तानीको कुरामा प्लाटफर्मले नयाँ रेकर्ड बनाएको छ । किनकी, सन् २०२२ देखि युट्युबको वार्षिक संगीत उद्योगमा हुने भुक्तानी २ अर्ब डलरले बढेको छ । कम्पनीले जुलाई २०२१ र जुन २०२२ को बीचमा संगीत उद्योगमा ६ अर्ब डलर राजस्व योगदान गरेको जनाएको थियो ।

त्यसको एक वर्ष अगाडि, सन् २०२१ मा, युट्युबले १२ महिनामा उद्योगलाई ४ अर्ब डलर भुक्तानी गरेको घोषणा गरेको थियो ।

बिहीबारको यो घोषणा यस वर्षको सुरुमा स्पोटिफाईले सन् २०२४ मा संगीत उद्योगलाई १० अर्ब डलर तिरेको घोषणा गरेपछि आएको हो ।

कम्पनीले सन् २०२३ मा ९ अर्ब डलर डेलिभर गर्‍यो । यो कुरा ध्यान दिन जरुरी छ कि कलाकार आफैंले सबै पैसा प्राप्त गर्दैनन् । यो भुक्तानी लेबल, प्रकाशक, गीतकार र अन्यलाई पनि जान्छ ।

युट्युबले आफ्नो ट्विन-इन्जिन राजस्व मोडेलबाट लाभ मिलिरहेको जनाएको छ । यसको विश्वव्यापी रूपमा १२ करोड ५० लाख भन्दा बढी संगीत र प्रिमियम सदस्य छन्, जसमा परीक्षणमा रहेका प्रयोगकर्ता पनि समावेश छन् ।

प्रत्येक महिना दुई अर्ब लग-इन दर्शक रहेको र उनीहरूले ती संगीत भिडियो हेर्ने गरेको युट्युबले जनाएको छ ।

‘प्लेटफर्मको विश्वव्यापी उपस्थिति विस्तार हुँदै जाँदा, कलाकार र गीतकारको लागि युट्युबमा दीर्घकालीन संगीत करियर र प्रशंसक निर्माण गर्ने सम्भावना पनि बढ्दै गएको छ’ कम्पनीले ब्लग पोस्टमा लेखेको छ ।

युट्युब १०० भन्दा बढी देशमा ८० भाषासहित उपलब्ध छ ।

कम्पनीले गत महिना आफ्नो ‘मेड अन युट्युब’ कार्यक्रममा विगत चार वर्षमा सिर्जनाकर्ता, कलाकार र मिडिया कम्पनीलाई १०० अर्ब डलरभन्दा बढी भुक्तानी गरेको जनाएको थियो ।





Read More