― Advertisement ―

HomeLatest newsयुट्युबमा हेर्नूस सुशान्त केसीको डेब्यू अभिनय रहेको छोटो फिल्म ‘यस्तै रैछ’

युट्युबमा हेर्नूस सुशान्त केसीको डेब्यू अभिनय रहेको छोटो फिल्म ‘यस्तै रैछ’


राष्ट्रिय

समाचार.

  • गायक सुशान्त केसीले छोटो फिल्म ‘यस्तै रै’छ’ मा अभिनय गरेर फिल्म अभिनेता बनेका छन्।
  • फिल्ममा अस्ट्रेलियाली सर्ट फिल्ममेकर कलानी गाकोन निर्देशित र थिन्ले ल्हामोले पनि अभिनय गरेकी छिन्।
  • सुशान्तले अभिनय गरेको यो १२ मिनेट ३१ सेकेन्डको फिल्ममा नेवारी युवकको भूमिका र प्रेमकथा समेटिएको छ।

काठमाडौं । गायक सुशान्त केसी फिल्म अभिनेता समेत बनेका छन् । उनको डेब्यू अभिनय रहेको छोटो फिल्म ‘यस्तै रै’छ’ युट्युबमा आइतबार सार्वजनिक भएको छ ।

यसअघि केही फिल्ममा पाश्र्वगायन गरेपनि अभिनयमा केसीको डेब्यू हो । नेपालमा बसोबास गर्दै आएका अस्ट्रेलियाली सर्ट फिल्ममेकर कलानी गाकोन निर्देशित फिल्ममा थिन्ले ल्हामोले पनि अभिनय गरेकी छिन् ।

‘नाका’ फिल्मबाट अभिनयमा डेब्यू गरेकी ल्हामोको पछिल्लो फिल्म ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको थियो । उक्त फिल्मबाट ल्हामोले विश्वब्यापी चर्चा पाइन् ।

१२ मिनेट ३१ सेकेन्डको फिल्ममा सुशान्तले एक नेवारी युवकको भूमिका निर्वाह गरेका छन् । युवायुवतीको वियोगान्त मर्मस्पर्शी प्रेमकथा यसमा समेटिएको छ ।

सुशान्त योसँगै ‘यस्तै रै’छ’ बोलको गीत पनि चाँडै सार्वजनिक हुने तयारीमा छन् । फिल्मको कथा जहाँ अन्त्य हुन्छ, त्यहीँबाट गीतको कथा सुरू हुने जनाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More