― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsयुक्रेनको राजधानी किभमा रूसद्वारा भिषण ड्रोन आक्रमण, ६ जनाको मृत्यु

युक्रेनको राजधानी किभमा रूसद्वारा भिषण ड्रोन आक्रमण, ६ जनाको मृत्यु


राष्ट्रिय

समाचार.

  • रूसले युक्रेनको राजधानी किभसहितका ठूला शहरमा ड्रोन आक्रमण गरी कम्तीमा ६ जनाको मृत्यु र ३५ जना घाइते भएका छन्।
  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणमा करिब ४३० ड्रोन र १८ मिसाइल प्रहार भएको बताए।
  • युक्रेनले रूसी तेल पूर्वाधारमा जवाफी ड्रोन आक्रमण गरी नोभोरोसिस्क बन्दरगाहमा क्षति पुर्‍याएको छ।

२८ कात्तिक, काठमाडौं । रूसले युक्रेनको राजधानी किभसहितका ठूला शहरमा ड्रोन आक्रमण गरेको छ । आक्रमणमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

राजधानी किभको पूर्वी क्षेत्रमा रहेको एक आवासीय भवनमा रुसी ड्रोन ठोक्किएर विस्फोट हुँदा धेरै तला भत्किएका युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले किभसहित युक्रेनका विभिन्न क्षेत्रमा करिब ४३० ड्रोन र १८ मिसाइल प्रहार गरेको बताए ।

उनका अनुसार आक्रमणले बहुतले आवासीय भवनहरूमा ठूलो क्षति पुगेको छ । दक्षिणी क्षेत्र चोर्नोमोर्स्कमा भएको ड्रोन प्रहारमा दुई जनाको मृत्यु भएको उनले बताए ।

किभको लिसोवी क्षेत्रमा उद्धारकर्मीहरू भग्नावशेष पन्छाउँदै गर्दा अर्को ड्रोन भवनभित्र पसेर विस्फोट भएको स्थानीय स्थानीयले बताएका छन् ।

आक्रमणपछि युक्रेनले पनि रूसी तेल पूर्वाधारमा जवाफी आक्रमण गरेको छ । कालो सागरको तटीय क्षेत्रमा रहेको नोभोरोसिस्क नामक रूसी बन्दरगाहमा युक्रेनले ड्रोड आक्रमण गरेको छ ।

ड्रोन आक्रमणपछि शेस्खारिस तेल प्रशोधन केन्द्रमा आगलागी भएको र एक जहाज तथा एक आवासीय भवनमा क्षति पुगेको अधिकारीहरूले रूसी अधिकारीले बताएका छन् ।

क्रास्नोदारका गभर्नर भेन्यामिन कन्द्राटेभका अनुसार, मुख्य तेल भण्डारण केन्द्र र कन्टेनर टर्मिनल क्षतिग्रस्त हुँदा तीन जना चालक दलका सदस्यसहित चार जना घाइते भएका छन् ।

आक्रमणपछि मेयर आन्द्रेइ क्राभेन्चेन्कोले आपतकाल घोषणा गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार घटनापछि प्रशोधन केन्द्रबाट तेल निर्यात रोकिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रातभरि रुसमाथि लामो दूरीको ‘लङ नेप्च्युन’ क्रूज मिसाइल प्रहार गरेको दाबी गरेका छन् । तर, उनले लक्षित स्थानबारे भने केही खुलाएका छैनन् ।

लिसोवी क्षेत्रमा लागेको ड्रोन सातौँ तलामा ठोक्किएको र विस्फोट भएपछि चौथादेखि आठौँ तलासम्मका भागहरू भत्किएको अधिकारीहरूले बताएका छन् ।

आपतकालीन सेवाका अधिकारीहरूले आगलागी भएका आवासीय भवन र अन्य संरचनाबाट ४० भन्दा बढी व्यक्तिहरूको उद्धार गरिएको जनाएका छन् ।





Read More