― Advertisement ―

$200 बचत गर्नुहोस् र Samsung Galaxy S26 Ultra यसको पूर्व अर्डर मूल्यमा Amazon मा सीमित समयको लागि पाउनुहोस्

यदि तपाई Samsung Galaxy S26 यसको उत्कृष्ट अवधिमा, तपाईं उत्कृष्ट मूल्यमा वा अल्ट्रा फिर्ता हुनुहुन्थ्यो। अहिले, तपाईं Samsung Galaxy S26 Ultra Amazon मा $1,299,...
Homeमनोरन्जनयससाता नेटफ्ल्क्सिमा धेरै हेरिएका १० फिल्म, शीर्षमा ‘अ हाउस अफ डायनामाइट’

यससाता नेटफ्ल्क्सिमा धेरै हेरिएका १० फिल्म, शीर्षमा ‘अ हाउस अफ डायनामाइट’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेटफ्लिक्सको कथानक फिल्म ‘अ हाउस अफ डायनामाइट’ पछिल्लो साता सबैभन्दा धेरै हेरिने अंग्रेजी फिल्म बनेको छ।
  • यो फिल्मलाई ९१ मुलुकको शीर्ष १० ट्रेन्डिङमा राखिएको छ र ४ करोड २४ लाख घण्टा हेरिएको छ।
  • नेटफ्लिक्सको शीर्ष १० ट्रेन्डिङ अंग्रेजी र गैरअंग्रेजी फिल्महरूको सूची सार्वजनिक गरिएको छ।

जब अमेरिकामाथि क्षेप्यास्त्र प्रहार हुन्छ, तब को जिम्मेवार छ र कसरी प्रतिक्रिया दिने भनेर निर्धारण गर्ने दौड सुरु हुन्छ ।

यो सारांश नेटफ्ल्क्सिको कथानक फिल्म ‘अ हाउस अफ डायनामाइट’ को हो । क्याथरिन बिगेलद्वारा निर्देशित यो पल्टिकल–थ्रीलर फिल्म पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने अंग्रेजी फिल्म बनेको छ ।

विश्वभर हेरिएका नेटफ्ल्क्सिको शीर्ष १० ट्रेन्डिङ फिल्मको सूचीमा उक्त फिल्म शीर्षस्थानमा छ । १ घण्टा ५२ मिनेट रनटाइमको फिल्ममा एड्रिस एल्बाले अमेरिकी राष्ट्रपति, रेबेका फर्गुसनले ह्वाइट हाउस सिचुएसन रुमको वरिष्ठ अधिकारीको रूपमा, गेब्रियल बासो, जारेड ह्यारिस र ट्रेसी लेट्स लगायतले अभिनय गरेका छन् ।

यो फिल्मको निर्माण र वितरण नेटफ्ल्क्सिले नै गरेको हो । यो फिल्मलाई ४ करोड २४ लाख घण्टा समयावधि हेरिएको छ । यसको कूल भ्यूज २ करोड २१ लाख छ । ९१ मुलुकको शीर्ष १० ट्रेन्डिङमा छ ।

नेटफ्ल्क्सिको शीर्ष १० को सूची :

१) अ हाउस अफ डायनामाइट

२) द पर्फेक्ट नेबर

३) केपप डेमन हन्टर्स

४) द वुमन इन क्याबिन १०

५) द ट्विटस

६) डन्ट से अ वर्ड

७) टेकन इन प्लेन साइट

८) आइ नो ह्वाट यू डीड लास्ट समर

९) डेस्पिकेबल मी २

१०) द सेक्रेट लाइफ अफ पेट्स २

गैरअंग्रेजी विधातर्फ

१) द एलिक्जिर

२) कारामेलो

३) ट्वेन्टी सेभेन नाइट्स

४) अट्याक थर्टिन

५) दे कल हिम ओजी

६) इनसाइड फ्युरिओजा

७) सी वाक्स इन डार्कनेस

८) गुड न्यूज

९) ग्रेटर कलेस

१०) अ वुमन विथ नो फिल्टर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More