― Advertisement ―

के तपाईं मास्टर्स 2026 नि:शुल्क हेर्न सक्नुहुन्छ? कसरी फाइनल राउन्ड बिना लागत स्ट्रिम गर्ने

The Masters 2026 आज रोरी McIlroy ले क्यामरन यंगसँग लिडरबोर्डमा शीर्ष स्थानमा रहेको निष्कर्षमा पुग्छ। आठ खेलाडीहरू मात्र चार शटहरूद्वारा छुट्याएर यो एकदमै कडा...
HomeLatest newsयलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा – KhabarHost

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • नखिपोट युवा क्लबको आयोजनामा माघ १४ गतेदेखि चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
  • प्रतियोगितामा पुरुष डबल्स ‘ए’ र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ।
  • प्रतियोगितामा करिब २५० खेलाडी सहभागी हुने र कुल पुरस्कार राशि ३ लाख ७० हजार रुपैयाँ रहने आयोजकले जानकारी गराएको छ।

२८ पुस, काठमाडौं । नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ ।

पुरुष डबल्स ‘ए’ मा शीर्ष २० वरीयताका खेलाडीले सहभागी हुन पाउने छैनन् । नेपाल ब्याडमिन्टन संघसंग छलफल गरी पुरुष डबल्स ‘बी’ क्याटगोरीमा सहभागी हुन पाउने खेलाडीको टुंगो लगाइने आयोजकले जनाएको छ । महिला डबल्समा शीर्ष १० वरीयता बाहेकका खेलाडीलाई अवसर दिइने छ ।

प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी गराए । पुरुष डबल्स ‘ए’ मा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेश्रोले १०-१० हजार नगद पुरस्कार जित्ने छन् ।

पुरुष डबल्स ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यू–१७ को विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले २५०० रुपैयाँ नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा हुने चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।

पत्रकार सम्मेलनमा आयोजक क्लबको प्रतिनिधित्व गरी विभिन्न घरेलु प्रतियोगितामा पदक जित्न सफल निसाम हाङमा लिम्बूलाई सम्मान पनि गरिएको थियो । खेलकुद तथा विभिन्न सामाजिक कार्यमा सक्रिय नखिपोट युथ क्लब २०५६ सालमा स्थापना भएको थियो ।





Read More