― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsमोरङमा भाइको हत्या गरेर एक व्यक्ति फरार – KhabarHost

मोरङमा भाइको हत्या गरेर एक व्यक्ति फरार – KhabarHost


राष्ट्रिय

समाचार.

  • मोरङको जहदामा दाजु राजकुमार साहले भाइ श्रवणकुमार साहलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
  • हत्या पछि राजकुमार साह भारत भागेका छन् र घटनास्थल भारतीय सीमासँग करिब १ सय मिटर टाढा छ।
  • प्रहरीले सामान्य घरायसी विवादमा भएको घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

१८ मंसिर, विराटनगर । मोरङको जहदामा भाइको हत्या गरी दाजु फरार भएका छन् ।

जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेका २८ वर्षीय श्रवणकुमार साहमाथि दाजु राजकुमार साहले धारिलो हतियार प्रहार गरेका थिए । सामान्य घरायसी विवादमा भाइको हत्या गरी दाजु भारत भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सामान्य विवादमा बुधबार राति हतियार प्रहार भएको देखिन्छ ।

धारिलो हतियारबाट घाइते भएका श्रवणलाई विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

घटनास्थलबाट भारतीय सीमा करिब १ सय मिटर दूरी टाढा छ । भाइको हत्यापछि दाजु भारत तर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More