― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeराष्ट्रिय समाचारमोरङमा एक सातामा दुई कैदीबन्दीको मृत्यु, समस्या उस्तै

मोरङमा एक सातामा दुई कैदीबन्दीको मृत्यु, समस्या उस्तै


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मृत्यु भएको छ।
  • २० वर्षीय मुस्कान दनुवार जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ १२ वर्षको कैद सजाय भोगिरहेका थिए।
  • ३२ वर्षीय गोपाल सापकोटा लागुऔषध मुद्दाका बन्दी थिए र उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएका हुन्।

१३ कात्तिक, विराटनगर । जिल्ला कारागार मोरङमा पछिल्लो एक सातामा दुई कैदीबन्दीको मुत्यु भएको छ ।

जिल्ला कारागार मोरङका अनुसार बिहीबार बिहान एक जना कैदीको मृत्यु भएको हो । गत शुक्रबार राति एक जना बन्दीको मृत्यु भएको थियो ।  दुवै कैदीबन्दीको स्वास्थ्य समस्या भने एउटै छ । कारागार प्रशासनका अनुसार दुवैको शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समस्या थियो।

मोरङको उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भइ १२ वर्षको कैद सजाय भोगिरहेका थिए । उनलाई बुधबार कोशी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

गत शुक्रबार राति नोबेल शिक्षण अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको थियो । सापकोटा लागुऔषध मुद्दाका बन्दी  थिए ।

शरीर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि असोज २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि कात्तिक ६ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा कात्तिक ८ गते राति मृत्यु भएको थियो ।

मोरङ कारागारमा जिल्ला कारागार मोरङमा हाल १ हजार १ सय बढी कैदीबन्दी छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More