― Advertisement ―

Anker THUS चिपले पहिरन योग्य उपकरणहरूमा ठूला AI मोडेलहरू राख्न कम्प्युटिङ नियमहरू तोड्छ

Ankerनयाँ प्रयोग गर्दछ मेमोरीमा कम्प्युटरयसले तल्लो शक्ति भएका यन्त्रहरूमा ठूला AI मोडेलहरू सक्षम पार्न सक्छAnker सिलिकन व्यवसायमा प्रवेश गर्दैछ, विशेष गरी एउटा CIM (कम्प्युट...
Homeमैत्रीपूर्ण खेलमा नेपालले इरानसँग खेल्दै – KhabarHost

मैत्रीपूर्ण खेलमा नेपालले इरानसँग खेल्दै – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
  • नेपाली टोलीले १० र १३ कात्तिकमा भारतसँग दुई खेल खेल्ने कार्यक्रम तय गरेको छ।
  • फिफा वरियतामा भारत ६३औं, इरान ७०औं र नेपाल ८९औं स्थानमा रहेका छन्।

६ कात्तिक, काठमाडौं । नेपाली महिला फुटबल टोलीले भोलि शुक्रबार इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । भारतको शिलोङस्थित जवहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपाली टोलीले १० गते भारतसँग पनि मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ ।

फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।

खेल तालिका :

इरान भर्सेस् भारत : ४ कात्तिक (सवा ६ बजे)

इरान भर्सेस् नेपाल : ७ कात्तिक (सवा ६ बजे)

भारत भर्सेस् नेपाल : १० कात्तिक (सवा ६ बजे)

नेपालको टोली : साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।

 





Read More