― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsमेसिनबाट चिप्स निकालिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा सुनाउने   – KhabarHost

मेसिनबाट चिप्स निकालिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा सुनाउने   – KhabarHost



२३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेसँगै मतदान सम्पन्न भएको हो ।

मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।

अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना शुरु हुनेछ । ८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने, मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ ।

प्रत्येक मेसिनको मुचुल्का खडा गर्न एउटा मेसिनको मचुल्काका लागि दुई मिनेट लाग्ने अनुमान छ । कूल ८० मेसिनको १ सय ६० मिनेट मुचुल्का खडा गर्न समय लाग्नेछ ।

त्यसपछि मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।

महाधिवेशनस्थलमा रहेका एमाले नेता ठाकुरप्रसाद गैरेले मतदानको प्रक्रिया शुरु भएपछि सम्पन्न हुन दुई दिन समय लागेको र ८० वटा मेसिनबाट मतदान भएको र एउटा मेसिनबाट एक जनाले मतदान गर्दा सवा घण्टासमेत लागेको बताए ।

छिटो छरितो कसरी गर्ने भन्ने बारेमा स्पष्ट भएको बताए । प्रविधिको प्रयोगमा चुस्ततामा कमी रहेको र धेरै कुरा विकास गर्न बाँकी रहेको अनुभव भएको बताए ।

समयमै मतदान सम्पन्न गर्न चिसो, जाडो सहेर भएपनि मतदान नरोकी सम्पन्न गरिएको बताए ।





Read More