― Advertisement ―

29,000 भन्दा बढी डाउनलोडहरू भएको ओपनएआई कोडेक्स उपकरण दुर्भावनापूर्ण एनपीएम आपूर्ति श्रृंखला आक्रमण प्रमाणीकरण टोकन चोरीसँग जोडिएको छ।

अनुसन्धानकर्ताहरूका रूपमा एक प्याकेजको खोजकर्ताहरू उपकरणआक्रमणकारीहरूले कोडेक्स प्रमाणीकरण टोकनहरू बाहिर निकाले, जसमा म्याद समाप्त नहुने रिफ्रेस टोकनहरू समावेश छन्Aikido सुरक्षाले कोडेक्स प्रयोगकर्ताहरूलाई लक्षित गर्ने...
Homeराष्ट्रिय समाचारमेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति

मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति



१७ कात्तिक, काठमाडौं । गत वर्षको माघमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहल क्षेत्रका २१ परिवारले क्षतिपूर्ति पाएका छन् ।

गत वर्षको माघमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पु–याउँदा बाढीको रूप लिएको थियो ।

उक्त बाढीका कारण सरकार कार्यालय, स्थानीयका व्यावसायिक भवन एवं निवासमा क्षति पुर्‍याएको थियो ।

उक्त बाढीबाट क्षति खेपेका २१ परिवारलाई विभिन्न संघसंस्थामार्फत क्षतिपूर्ति दिलाएको काठमाडौं उपत्यका संघर्ष समितिका अध्यक्ष गोविन्दराज पन्तले बताए ।

उनले अगामी दिनमा कुनै पनि विकास निर्माणका कामहरु गर्दा स्थानीयको भौतिक सम्पत्तिको सुरक्षाको ख्याल गर्न समेत सरोकारवाला सबैसँग आग्रह गरे ।

उनले भने, ‘गत वर्षको माघमा मेलम्चीको पाइप फुटेर ठूलो क्षति भएको थियो । त्यसबाट क्षति पुगेका यहाँका स्थानीयलाई क्षतिपूर्ति दिलाउन हामी सफल भएका छौं । अगामी दिनमा कुनै पनि विकास निर्माणको काम गर्दा स्थानीयको भौतिक संरचनामा क्षति नहुनेगरी काम गर्न सबैमा आग्रह गर्न चाहन्छौं ।’

समय समयमा पाइप फट्ने गरेको कारण मेलम्ची खानेपानी आयोजनामा प्रयोग गरिएको पाइपको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More