राष्ट्रिय
समाचार.
- चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्टअनुसार हृदयघातबाट मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
२५ माघ, काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान उनको शवको पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्टअनुसार थापाको हृदयघातबाट मृत्यु भएको पाइएको स्रोतको भनाइ छ ।
‘हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ’ एक चिकित्सकले अनलाइनखबरसँग भने । पोस्टमार्टम सकेर उनको शव अहिले अस्पतालबाट लगिएको छ । श्रद्धाजञ्जीका लागि चलचित्र विकास बोर्डमा राखिने छ ।
६८ वर्षीय थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्तपालका निधन भएको थियो । बिहान स्वास्थ्यमा समस्या भएपछि थापालाई अस्पताल लगिएको थियो ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

