― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
HomeLatest newsमुम्बईमा निकिता चण्डकको मौन उडान – KhabarHost

मुम्बईमा निकिता चण्डकको मौन उडान – KhabarHost


राष्ट्रिय

समाचार.

  • निकिता चण्डकले सन् २०१७ मा मिस नेपाल वर्ल्डको उपाधि जितेपछि अभिनय यात्रा सुरु गरिन् ।
  • निकिताले बलिउडमा नेपाली कलाकारका लागि नयाँ मानका तयार गरिन्।

मुम्बई कहिल्यै पनि बाहिरबाट आउनेहरूका लागि सजिलो शहर रहेन । पुस्तौँदेखि यस शहरले अवसरको सपना देखाउँदै सीमापारिका कलाकारहरूलाई आकर्षित गर्‍यो, तर त्यही सपना पूरा गर्न वर्षौँको संघर्ष र अनिश्चितताबाट गुज्रन बाध्य बनायो ।

नेपाली कलाकारहरूका लागि यो चुनौती झन् कठिन रहँदै आएको छ । तर पछिल्ला वर्षहरूमा, निरन्तर कामप्रतिको निष्ठाका कारण एउटा नामले बिस्तारै चर्चा पाउन थालेको छ- निकिता चण्डक । सन् २०१७ मा मिस नेपाल वर्ल्डको उपाधि जितेपछि निकिता चण्डक सार्वजनिक चिनारीमा आइन् । सौन्दर्य प्रतियोगितामा प्राप्त क्राउन हातमा परेसँगै धेरै जना ओझेलमा पर्छन् तर उनी परिनन् ।

उनले उक्त उपलब्धिलाई अन्तिम गन्तव्य नठानी, अभिनय यात्राको प्रवेशद्वारका रूपमा लिइन् । अभिनय कुनै साइड प्रोजेक्ट होइन, मेरो लक्ष्य हो, मेरो काम हो भन्नेमा उनी स्पष्ट थिइन् । उनको फिल्म यात्रा नेपालमै ‘साङ्लो’ चलचित्रबाट सुरु भयो, जहाँ उनले विराज भट्टसँग मुख्य भूमिका निर्वाह गरिन् । यस फिल्मले उनलाई नेपाली व्यवसायिक सिनेमामा स्थापित गर्‍यो । तर ‘राजागञ्ज’ (अन्तर्राष्ट्रिय रूपमा ‘पूजा सर’) मा प्रहरी निरीक्षक ममता गुप्ताको भूमिकाले उनको करिअरमा निर्णायक मोड ल्यायो ।

उक्त चलचित्रमा देखिएको पोख्त अभिनयको माध्यमबाट उनले घरेलु दर्शक मात्र होइन, अन्तर्राष्ट्रिय वृत्तको समेत ध्यान खिचिन् । भेनेसी अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ८१औँ संस्करणमा फिल्मको प्रिमियर भएपछि निकितालाई विभिन्न गहन भूमिका निर्वाह गर्न सक्ने अभिनेत्रीका रूपमा चिनिन थालियो । त्यसपछि ‘रवायना’ फिल्मको आइटम गीतमा उनको उपस्थितिले दर्शकलाई चकित पार्‍यो ।

त्यसले गर्दा करिअरको प्रारम्भिक चरणमै आफ्नो अभिनय र महेनतले गर्दा उनी व्यवसायिक रूपमा पनि अघि बढ्दै गइन् । यही क्रमसँगै मुम्बई पुगिन्, जहाँ हरेक दिन हजारौँ कलाकार अडिसन दिन्छन् र थोरैले मात्र निरन्तर काम पाउँछन् । यसअघि पनि नेपाली कलाकारहरूले यो यात्रा नगरेका होइनन् । तर, कोही सफल भए कोही संघर्ष गरिरहे ।

भोला राज सापकोटाले ‘बर्फी’ मा अभिनय गरे, सुनिल थापाले ‘मेरी कोम’ र ‘द फ्यामिली म्यान’ जस्ता प्रोजेक्टमा काम गरे भने उषा पौडेलले ‘माता की चौकी’ र ‘तुझ संग प्रीत लगाई सजना’ जस्ता टेलिभिजन सिरियलमार्फत स्थिर करिअर बनाए ।

पछिल्ला वर्षमा शिल्पा मास्के, अदिती बुढाथोकी र मुना गौचन विज्ञापन र म्युजिक भिडियोमा सक्रिय रहँदै आएका छन्, यद्यपि ठूला ब्रेक पाउन लामो प्रतीक्षा गर्नुपरेको छ । भारतीय चलचित्रमा प्रवेशले मात्र निकिताको यात्रामा फरकपन ल्याउँदैन । उनको क्षमता र कामको भूमिका रहन्छ । उनले सधैं आफ्नो दायरा फराकिलो बनाइन् ।

त्यसले गर्दा भारतमा उनको पहिलो ठूलो ब्रेक ‘द शेमलेस’ फिल्मबाट आयो, जहाँ उनले शालिनीको भूमिका निर्वाह गरिन् । सन् २०२४ को कान्स फिल्म फेस्टिभलमा फिल्मको प्रदर्शन हुनु उनको करिअरको महत्वपूर्ण मोड बन्यो । यसले उनलाई कान्ससँग जोडिने थोरै नेपाली कलाकारको सूचीमा राख्यो । त्यसपछि उनले टीटी कपडा ब्रान्डको विज्ञापनमा अभिनेता राजकुमार रावसँग अभिनय गरिन्, जसले विज्ञापन र कास्टिङ वृत्तमा उनको पहिचान थप बढ्दै गयो ।

त्यसयता उनी लिनेन क्लबजस्ता ब्रान्डका अभियानमा देखिइन्, विभिन्न भारतीय विज्ञापनहरूमा अभिनय गरिन्, आईसीसी महिला क्रिकेट विश्वकपको प्रचार अभियानमा सहभागी भइन् र ‘मोरे साजन’ भारतीय म्युजिक भिडियोमा अभिनय गरिन्, जसले दर्शकको उल्लेखनीय ध्यान खिच्यो । उनको करिअरको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक भनेको निर्देशक सञ्जय लीला भन्सालीको प्रोजेक्टमा संलग्न हुनु हो । भन्साली चलिचित्र निर्माणमा मात्र निपूर्ण नभई, कलाकारको छनोटमा पनि उत्तिकै विषेश ध्यान दिने निर्देशक हुन् ।

भन्सालीले आफ्नो कामका लागि निकितालाई चयन गर्नु आफैंमा एक सफलता हो । जसले गर्दा निकितालाई भारतीय चलचित्र उद्योगमा एक्सपोजर मिल्यो । उनलाई बलिउडका खास प्रोजेक्टमा काम गर्न सक्ने अभिनेत्रीका रूपमा चिनिने मौका मिल्यो । मुम्बईमा कुनैपनि नेपाली अभिनेत्रीले निरन्तर काम गर्न थालेपछि नेपाली मूलकी भारतीय अभिनेत्री मनिषा कोइरालासँग तुलना हुनु स्वाभाविक नै हो ।

मनिषाले काम गरेको समय र निकिताले काम गर्न थालेको समय फरक भए पनि सफल हुनका लागि काममा कुशलता र मेहनत अत्यावश्यक हुन्छ । रातारात कोही पनि स्टार बन्दैन । जसले पनि निरन्तर मिहिनेत र परिश्रम गर्नु नै पर्छ । आज निकिता चन्दकले बलिउडमा नेपाली कलाकारका लागि नयाँ मानका तयार गरेकी छिन् ।

आफ्नो कामलाई निरन्तरता दिनुपर्छ र सफल हुनका लागि निरन्तर मेहनत गर्नुपर्छ भन्ने कुराको पुष्टि गरेकी छिन् । कुनै पनि कुरा र क्षमतालाई सजिलै लिने र सजिलै छोड्ने कुरालाई समान्य मान्ने मुम्बई जस्तो ठाउँमा उनले आफूलाई स्थापित गराएकी छिन् । यो भनेको निरन्तर अघि बढिरहने संकेत हो । दीर्घकालीन स्टारडमसम्म पुग्छ कि पुग्दैन, त्यो भविष्यले देखाउनेछ । तर उनको मौन उडानले भारतीय सिनेमामा नेपालीका लागि पक्कै पनि एउटा अर्थपूर्ण पाइला अघि बढेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More