― Advertisement ―

ब्रेभिल बरिस्टा टच इम्प्रेस मेरो आवश्यकताको लागि उत्तम कफी मेसिन हो — र यो अब असाधारण मूल्य भएको छ हाम्रो विशेष छुटको लागि धन्यवाद।

ब्रेभिलले केही <a data-analytics-id="inline-link" href="https://www.techradar.com/home/coffee-machines/best-coffee-maker" बनाउँछ data-url="https://www.techradar.com/home/coffee-machines/best-coffee-maker" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/best/best-coffee-machines, in Australian सुविधाजनक, प्रयोग गर्न-गर्न-सजिलो मेसिनहरूमा क्याफे-गुणस्तरको कफी निकासी मिलाएर किचन काउन्टरटपमा स्थानको गर्व...
HomeLatest newsमुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्साइयो – KhabarHost

मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्साइयो – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मुक्तिनाथ क्षेत्रमा भारी हिमपातपछि सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटरले मुक्तिनाथ मन्दिर र पैदलमार्गमा जमेको हिउँ पन्छाएको छ।
  • सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा ११ जनाको टोलीले घरेलु उपकरण प्रयोग गरी दुई किलोमिटर क्षेत्रको हिउँ पन्छाएको छ।
  • मुक्तिनाथमा दर्शनार्थीलाई लक्षित गरी एकदिने हाईअल्टिच्युड प्राथमिक स्वास्थ्य हेल्थ डेस्क राखिएको छ।

१२ कात्तिक, मुस्ताङ। सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्साइएको छ। मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छाएको हो ।

मङ्गलबार बिहानदेखि मुक्तिनाथक्षेत्रमा भारी हिमपात भएको थियो। हिमपातका कारण मुक्तिनाथ मन्दिर पुरै हिउँले ढाकिएको थियो। बाक्लो हिउँ परेका कारण मुक्तिनाथ परसर तथा परिसरका अवस्थित दुई वटा स्नानकुण्डसमेत हिउँले ढाकिएको थियो।

यसैगरी झक्तजनले सेचन गर्ने १०८ धारा आसपाससमेत बाक्लो हिउँ जमेका कारण भक्तजनलाई नुहाउन कठिनाई उत्पन्न भएको थियो ।

मुक्तिनाथ क्षेत्रमा मंगलबार दिनभर बाक्लो हिउँ परेको थियो। हिमपातका कारण मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिउँ जमेको थियो । पैदलमार्गमा हिउँ जमेपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी समस्यामा परेका थिए।

आज मौसम खुलेसँगै सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा गएको ११ जना सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने पैदलमार्गमा जमेको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।

मुक्तिनाथ विकास समितिका प्रतिनिधि प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरी टोली घरेलु उपकरण कुटो,कोदालो, सावेल प्रयोग गरी मुक्तिनाथ क्षेत्रको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने करिव दुई किलोमिटर पैदलमार्गमा जमेको हिउँ सशस्त्र प्रहरीद्वारा पन्छ्याइएपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई निकै सजिलो भएको वारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।

यहाँ परेको हिमपातका मुक्तिनाथ जाने दर्शनार्थीलाई आउजाउ गर्नमा निकै गारो थियो, चिप्लिने, लड्ने र दुर्घटना हुने जोखिम थियो, ‘वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘यहाँ हिउँ पन्छ्याइपछि भक्तजनलाई हुने दुर्घटनाको जोखिम हटेको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ हेडक्वाटर मुस्ताङले मुक्तिनाथमा दर्शन गर्न जाने दर्शनार्थीलाई लक्षित गरी एकदिने हाईअल्टिच्युड प्राथमिक स्वास्थ्य हेल्थ डेस्क राखेको छ ।

हिमपातसँगै चिसो ह्वात्तै बढेका कारण मुक्तिनाथ आएका दर्शनार्थीलाई हाइअल्टिच्युडको सम्भावना रहने भएकाले स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राखिएको शसस्त्र प्रहरीले जनाएको छ। मुक्तिनाथको तल्लो गेडमा सशस्त्र प्रहरीले स्वास्थ्य परीक्षणका लागि एकदिने हेल्थ डेस्क राखेको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More