― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest news‘मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले’ – KhabarHost

‘मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनलाई ‘मनोरोगको द्योतक’ भनेका छन्।
  • ओलीले जेनजी आन्दोलनमा सेना परिचालनको विषयमा आफू र राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षको हैसियतमा जवाफदेही नभएको उल्लेख गरेका छन्।
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय गैरसंवैधानिक भएको र प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेका छन्।

२५ मंसीर, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् ।

सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’ भनेका हुन् । उक्त रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन छ ।

जेन जी आन्दोलनमा दमन गरेर किशोरकिशोरीहरुको ज्यान लिएको र बेलैमा सेना परिचालन नगरेर मुलुकका महत्वपूर्ण संरचना ध्वस्त बनाउन भूमिका खेलेको भन्दै केपी ओली विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

राष्ट्रिय सुरक्षा परिषदका तत्कालिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राखी दायर निवेदनमाथिको जवाफका क्रममा ओलीले रिट निवेदन पेश गर्ने विपक्षीलाई आक्षेप लगाएका हुन् ।

उनले लिखित जवाफमा भनेका छन्, ‘सेना परिचालनको विषयमा जवाफदेही र जिम्मेवारी कानूनले निर्धारण गरेको अवस्थामा असम्वन्धित निकायलाई जिम्मेवार वनाई कारवाही गर्ने वा दोषारोपण गर्ने जस्ता कार्य गर्न र सो को माग गर्नु विपक्षीको मनोरोगको द्योतक भएको स्पष्ट छ।’

उनी त्यतिमा रोकिएका छैनन् । ‘अनावश्यक मनोरोजयुक्त गन्थनको आधारमा म समेत विरुद्धको दायर रिट निवेदन न्यायनिरुपणको योग्य विषय नभएको’ जवाफ सहित खारेजीको माग गरेका छन् ।

आफू त्यतिबेला राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष भएकाले व्यक्तिगत रुपमा र अध्यक्षको हैसियतमा समेत सेना परिचालनवारे अदालतले प्रश्न उठाउन नसक्ने भन्दै ओलीले ती विषय कार्यकारिणीको अधिकारक्षेत्र भएकाले न्यायनिरुपणको विषय नहुने जिकिर गरेका हुन् ।

ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दा जेनजी आन्दोलनमाथि भएको दमन, बल प्रयोग र हताहतीको विषय उल्लेख गरेका छैनन् । बरु, प्रतिनिधिसभा विघटनको मुद्दामा पेश गरेको लिखित जवाफको सबैजसो हिस्सा ‘कपी–पेष्ट’ गरेर अदालतमा बुझाएका छन् ।

ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आफूले शुसीला कार्कीलाई प्रधानमन्त्रीको सिफारिस नगरेको जिकिर गरेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय गैरसंवैधानिक भएको जिकिर सहित प्रतिनिधिसभा पुनस्र्थापनाको माग राखेका थिए।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More