― Advertisement ―

एन्थ्रोपिक सीईओ डारियो अमोदेई द्वारा दिन को उद्धरण: “मानवता लगभग अकल्पनीय शक्ति हस्तान्तरण गर्न को लागी छ, र यो गहिरो अस्पष्ट छ कि [हामी]...

टेक्नोलोजी उद्योगमा एन्थ्रोपिकको मौसमी वृद्धिले यसलाई यस वर्ष आफ्नो प्रतिद्वन्द्वी OpenAI सँगसँगै ब्लकबस्टर IPO सँग AI उद्योगको चुम्बकीय पुलको सीमा परीक्षण गर्ने चरणमा देख्छ।...
HomeLatest newsमाओवादीको सचिवालय बैठक जारी, माधवसँगको एकताबारे छलफल चल्दै

माओवादीको सचिवालय बैठक जारी, माधवसँगको एकताबारे छलफल चल्दै


तस्वीर : प्रचण्डको सचिवालय



१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोग समितिको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय पेरिडाँडाँमा जारी बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल चल्दैछ ।

नेकपा एकीकृत समाजवादीले शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको छ । लगत्तै माओवादीको सचिवालय बैठक बसेको हो ।

माओवादीले यसअघि नै केन्द्रीय समितिको बैठकबाट कम्युनिस्ट पार्टीहरूबीचको एकताको लागि निर्णय लिएको थियो । एकीकृत समाजवादीले निर्णय नै गरिसकेको अवस्थामा माओवादीले सचिवालय मार्फत अगाडि बढाउने सर्न्दभमा आवश्यक निर्णय लिन खोजेको हो ।

सचिवालय बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्ड सहितका नेताहरू छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More