― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
Homeराष्ट्रिय समाचार‘माइक्रो-फोली’ डिजिटल म्युजियमको उद्घाटन, विश्व-कलामा नेपालीलाई निःशुल्क पहुँच

‘माइक्रो-फोली’ डिजिटल म्युजियमको उद्घाटन, विश्व-कलामा नेपालीलाई निःशुल्क पहुँच



१५ कात्तिक, ललितपुर । नेपालका कलाप्रेमी तथा सर्वसाधारणका लागि विश्व-स्तरीय कलाकृतिहरूमा निःशुल्क पहुँच पुर्‍याउने उद्देश्यले ‘माइक्रो-फोली’ नामक नयाँ सांस्कृतिक मञ्च सुरु भएको छ ।

ललितपुरको पुल्चोकस्थित अलायन्स फ्रान्सेजमा शनिबार उद्घाटन गरिएको माइक्रो-फोली नेपालस्थित फ्रान्सेली दूतावास र अलायन्स फ्रान्सेजको सहकार्यमा सुरु भएको हो ।

फ्रान्सको संस्कृति मन्त्रालय पहलमा सञ्चालित यसको मुख्य आकर्षण डिजिटल म्युजियम हो, जसले विश्वका १२ प्रमुख संस्था तथा सङ्ग्रहालयहरूबाट ५,००० भन्दा बढी उच्च गुणस्तरमा डिजिटलाइज्ड कलाकृतिहरूलाई एकै ठाउँमा ल्याएको छ।

उद्घाटन समारोहमा दिइएको जानकारी अनुसार, ‘माइक्रो-फोली’ लाई ला विलेटले समन्वय गरेको छ र यसमा लुभर म्युजियम, सेन्टर पोम्पिडोउ, चेटो डे भर्साइल, ओपेरा नेसनल डे पेरिस, मुसे डी’ओर्से लगायत १२ प्रतिष्ठित फ्रान्सेली संस्थाहरूको कला सङ्ग्रहहरू समावेश छन् ।

यो मञ्चलाई विभिन्न गतिविधिहरूका लागि तयार पारिएको बहु-उद्देश्यीय स्थानको रूपमा डिजाइन गरिएको जानकारी दिइएको छ । यसको प्रमुख लक्ष्य सबै दर्शकहरूलाई कलाकृतिहरूमा पहुँच योग्य बनाउनु रहेको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिका अनुसार, यस डिजिटल ग्यालरीले ललितकला, वास्तुकला, वैज्ञानिक संस्कृति र प्रत्यक्ष प्रदर्शन लगायत मानव सभ्यताका विभिन्न खजानाहरूलाई समेटेको छ।

सबैका लागि निःशुल्क पहुँच

उद्घाटन समारोहमा नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनि कोर्टेभलले भनिन्, ‘फ्रान्स यस परियोजनाको हिस्सा बनेको छ, जसबाट हजारौं कलाकृतिहरू मानवताको साझा सम्पदा यस जादुमय शहर ललितपुरमा प्रदर्शन भइरहेका छन्, यसमा मलाई गर्व छ ।’

उनले थपिन्, ‘नेपालका सबै पुस्ताका मानिसहरूले कलामा डुब्ने यो अद्वितीय अवसरको फाइदा उठाउनेछन् भन्ने हामीलाई आशा छ ।’

अलायन्स फ्रान्सेजमा सातामा दुई सत्र सर्वसाधारणका लागि निःशुल्क खुला गरिनेछ। यसले विशेषगरी परिवारहरू, विद्यालय समूहहरू र विभिन्न सङ्घसंस्थाहरूलाई लक्षित गरेको छ ।





Read More