― Advertisement ―

पूर्वाग्रहले तपाईंको एआई बजेट खाइरहेको छ

पूर्वाग्रह AI मा एक नैतिक त्रुटि मात्र होइन - यो सादा दृष्टिमा लुकाइएको लागत केन्द्र हो। प्रत्येक केही महिनामा एक उच्च-प्रोफाइल विफलताले बिन्दु प्रमाणित...
HomeLatest newsमहोत्तरी-४ बाट प्रचण्डको नाम पहिलो नम्बरमा सिफारिस – KhabarHost

महोत्तरी-४ बाट प्रचण्डको नाम पहिलो नम्बरमा सिफारिस – KhabarHost


फाइल तस्वीर



८ पुस, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर-४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम सिफारिस भएको छ।

क्षेत्रीय भेलाले प्रत्यक्षतर्फको उम्मेदवारका लागि प्रचण्डसहित दुई जनाको नाम सिफारिस गरेको हो ।

पहिलो नम्बरमा प्रचण्ड र दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका भरतप्रसाद साहको नाम सिफारिस गरेको क्षेत्रीय समितिले जनाएको छ ।

यस्तै समानुपातिकतर्फ अरबिन्द दास लगायत पाँच जनाको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित ४ जनाको नाम सिफारिस भएको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More